आईजीपीबिरुद्द किन सुरु भयो भित्र र बाहिरबाट मोर्चावन्दी ?

igpnegकाठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालबिरुद्द नेपाल प्रहरी भित्र र बाहिरबाट मोर्चावन्दी सुरु भएको छ। क्षमता अभिवृद्धिको नाममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख  एआईजी राजेन्द्रसिंह भण्डारी  र अपराध अनुसन्धान विभागका एआईजी सुरेन्द्र बहादुर शाहले राजनीतिक दलका नेताहरुलाई आफु खुशी कार्यक्रमहरु बनाएर भाषण गराउने र अनुचित सम्बन्ध बढाएको भन्दै आईजीपीले पत्र काटेर चेतावनी दिएपछी संगठन भित्रको बिबाद फेरी बाहिर आएको छ  ।

  संगठन प्रमुखको अनुमती बिना कार्यक्रमहरु संचालन गरी एआईजीद्धयले खुलेरै चेतावनी दिएको बिषयले प्रहरीभित्र भुइचालो गएको छ । एआईजीद्धय भण्डारी र अर्याल आईजीपी नियुक्तको बेला अर्यालसँगै प्रतिस्पर्धामा थिए । त्यतिखेर आईजीपी बन्न एआईजी शाहले आफ्ना स्कुले सहपाठी एमाओवादी नेता जनार्दन शर्मा प्रभाकर मार्फत लबिङ गरेका थिए।

 संसदको सार्वजनिक लेखा समितीका सभापति समेत रहेका शर्माले ३५ किलो सुनको नक्कली सुराकी काण्डमा अर्याललाई फसाउन खोजेका थिए। जबकी उक्त काण्डका दोशी डिआइजी प्रकाश अर्यालले अहिले सम्म पनि सफाइ पाएका छैनन्। एआईजी शाहको माओवादी नेताहरुसँग राम्रो सम्बन्ध भएकाले उनले चलेखल प्रहरीमा चर्चा छ ।

  एआईजी  भण्डारीले भने आफ्नो लगानी रहेको कान्तिपुर दैनिक मार्फत आईजीपीबिरुद्द समाचार लेखाएको बताइन्छ । यसअघि पनि उनले बढुवाको बिषयलाई लिएर अदालतको आदेश नमान्ने आईजीपीलाई आफुहरुले मान्न नपर्ने भन्दै एक अनलाइनमार्फत चेतावनी दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित