माओवादीका नाममा चन्दा उठाउने अभियुक्त पक्राउ

Untitledकाठमाडौँ । माओवादीको नाममा व्यापारीबाट चन्दा उठाउने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा (माओवादी) को महासचिव भरतप्रसाद दाहाल हुँ भनी उक्त पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी ठगी गर्ने बाग्लुङ जिल्लाको भेप्से घर भई हाल काठमाडौँ वानेश्वर बस्ने २६ वर्षीय शम्भुप्रसाद जोशीलाई महानगरीय अपराध  महाशाखाबाट खटिएको टोलीले  पक्राउ गरेको हो ।

   केही दिनअघि पक्राउ गरिएका अभियुक्त जोशीलाई आवश्यक कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित