घैंटेको करोडौ सम्पत्ति हात पार्न सभासद् देखी गुण्डा सक्रिय

ghaite donकाठमाडौं  । प्रहरी मुठभेडमा मारिएका डन कुमार श्रेष्ठ  घैंटेसँग झन्डै २० करोड अबैध सम्पत्ति रहेको तथ्य फेला परेको छ । दुई साता अघी मकाउबाट काठमाडौं अाइपुगेकी  घैंटेकी श्रीमती पिंकी शेर्पाले सम्पत्ति खोज्ने  क्रममा उक्त रकम बराबरको  सम्पत्ति अबैध सम्पत्ति आफ्ना सहयोगी तथा व्यवसायिक साझेदारका नाममा राख्ने गरेको जानकारी प्रहरीलाई बताएपछि यो तथ्य बाहिर आएको हो।

  सम्पत्ति शुद्धीकरणबाट बच्न  घैंटेले आफ्नो नाममा सम्पत्ति नराखी आफ्ना सहयोगी तथा व्यवसायिक साझेदारका नाममा राख्ने गरेका थिए । जसको फाईदा घैंटे इन्काउनटरपछि उनीहरुलाई भएको प्रहरी स्रोत बताउँछ । गजुरमुखी निर्माण सेवामा घैंटेको पैसामा कांग्रेश सभासद् जगदिशनरसिंह केसीकी श्रीमतीका नाममा शेयर रहेको पुष्टि भइसकेको छ ।

  त्यस्तै, लाजिम्पाटमा रहेको फ्राइडे नामक रेष्टुरेन्टमा डन घैंटेको ६० लाख लगानी रहेको छ । तर उनका पाटर्नर राजेश काफ्ले भने घैंटेले उल्टैआफ्नो रेष्टुरेन्टमा थर्काएर खाने गरेको बयान प्रहरीसमक्ष दिएका छन् । मकाउ जानु अगाडि घैंटेकै श्रीमती पिङ्की शेर्पाले उक्त रेष्टुरेन्टको हरहिसाब राख्दै आएकी थिइन । त्यसैगरी, काफ्लेको नाममा एयर एसियामा करोडौं रुपैयाँ लगानी रहेको प्रहरीको दाबी छ । उक्त लगानी बारेमा समेत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । घैंटेका सहयोगी शान्ता   महर्जनको नाममा करोडौं रुपैंया तथा बसपार्कमा २६ आना जग्गा घैंटेले महर्जनको नाममा राखेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ ।

  बाफलका डन समिरमान बस्नेतले घैंटेसँग एक करोड भन्दा बढी रकम घर बनाउन सापटी लिएको खुलेको छ । सिफलका गुण्डा हबल्दार भन्ने प्रतिक श्रेष्ठको नाममा तीन वटा टिप्पर  र ५० लाख भन्दा बढी रकम रहेको बताइएको छ । त्यसैगरी, अन्य ठेकेदारहरुसँग पनि घैंटेको ठूलो लगानी रहेकोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  प्रहरीका अनुसार घैंटेको लगानी रहेका व्यक्ति र व्यवसायीमाथि पनि अनुसन्धान भइरहेको छ । लगानी गरेका व्यक्तिले त्यसको आयस्रोत देखाउन नसकेको खण्डमा सम्पत्ति शुद्धीकरण अन्तर्गत  मुद्दा चलाइने प्रहरीले बताएको छ ।  गत भदौ ३ गते महानगरिय प्रहरी महाशाखाको टोलीसँगको मुठभेडमा सभासद् केसीका साझेदार घैंटे मारिएका थिए  । तर  घैंटेको सबै सम्पत्ति हात पार्न सभासद् केसी लागिपरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित