घैंटेको दाहासंस्कार रोक्न श्रीमती पिंकीलाई नेता र डनको धम्की

dobकाठमाडौं । तीन महिना अघि प्रहरी भिडन्तमा मारिएका राजधानीका डन कुमार श्रेष्ठ ‘घैंटे’ को दाहासंस्कार रोक्न नेता र डनहरु नै लागि परेका छन् । घैंटेका व्यवसायिक साझेदार एवम् कांग्रेस सभासद् जगदिश नरसिंह केसी र बाफलका डन समिरमान बस्नेतले दाहासस्कार रोक्न घैंटेको परिवारको सदस्यलाई धम्की दिने गरेको रहस्य खुलेको छ ।

 घैंटेको इन्काउन्टरपछि प्रहरीले बस्नेतको अबैध धन्दामाथि निगरानी बढाएपछि उनी फरार भई दिल्ली पुगेका छन् । बस्नेत र केसीले मकाउबाट शब बुझ्न आएकी घैंटेकी श्रीमती पिंकी शेर्पालाई शब नजलाउन धम्की दिंदै आएका छन् । बस्नेतले आफ्नो श्रीमती मार्फत घैंटेको श्रीमतीलाई शब नबुझ्न दबाब दिएका थिए । प्रहरी मुठभेडमा घैंटे मारिनु भन्दा एक महिना अघिमात्र पिंकी रोजगारका लागि मकाउ पुगेकी थिईन् । घटना भएको दुई महिना पछि उनी दाहासंस्कारकोे लागि काठमाडौंमा आइपुगेकी हुन् । तर, घैंटेका आफन्त र रानीवारीका छिमेकीले उनलाई सहयोग गरेपनी घैंटेका दाजु दाबी गर्ने राजु श्रेष्ठले पनि शब नबुझ्न दबाब दिने गरेको स्रोत बताउँछ  ।

 पिंकी बिगत तिन बर्षदेखी घैंटेसँगै रानीवारीकै घरमा बस्दै आएको स्थानिय बासिन्दा बताउँछन् । घैंटेको सम्पत्तिमा आँखा  लगाउँदै  आएका केही गुण्डा र उनका आफन्त तथा नेताले भने घैंटेको लाशमाथि राजनीति गर्दै आएका छन् । घैंटेकी श्रीमती पिंकीले शब बुझेर दाहासंस्कार गर्छु भन्दा पनि नेता केसीले शव नजलाउन सबैभन्दा बढी दबाब दिन गरेको स्रोत बताउँछ । बाफलका डन एवम् घैंटेका उत्तराधिकारी बस्नेतले आफ्नी श्रीमती मार्फत घैंटेका परिवारलाई शबको दाहासंस्कार नर्गन धम्की दिने गरेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले बस्नेतकी श्रीमतीलाई पक्राउ गरी सोधपुछ गरेको परिसर स्रोतले बताएको छ ।

  दाहासंस्कार गर्न नपाएको भन्दै पिंकी प्रहरीमा पुगेपछि योे घटना बाहिर आएको हो । घैंटेको दाहासंस्कार नर्गन कांग्रेसका केही नेताले आफूलाई धम्क्याउने गरेको गुनासो उनले प्रहरी समक्ष बताएकी थिइन् । घैंटेको मृत्युपछि सभासद् केसीलगायतका आधा दर्जन नेताले न्यायिक छानबिनको माग गर्दै आएका थिए । तर सरकारले प्रहरीसग भएको दोहोरो भिडन्तमै घैंटेको मृत्यु भएको जानकारी गराएपछि उनीहरुले घैंटको लासमाथि राजनीति गर्दै आएको समाचार यूनाइटेड पोस्ट साप्ताहिकमा छ   ।

प्रतिक्रिया

सम्बन्धित