सुन्धाराका डन बाबु घिसिङ पक्राउ

ghisingकाठमाडौं । सुन्धारा क्षत्रका अधिकांश दोहोरी साझ, डान्स रेष्टुरेन्ट, क्लव तथा होटलहरुबाट हप्ता असुल्दै आएको आरोप लागेका डन बाबु घिसिङ पक्राउ परेका छन् । घिसिङलाई गत शनिवार बेलुका एक दोहरी साँझमा खाएको बिल नतिरी उल्टै संचालकलाई धम्क्याएको उजुरी परेकोले पक्राउ गरिएको महानगरिय प्रहरी बृत्त जनसेवाका प्रमुख डिएसपी बिनोद घिमिरेले बताए ।

बेलाबेलामा गुण्डागर्दीको आरोपमा पक्राउ परी छुट्दै आएका घिसिङ चेलीबेटी बेचविखन र हतियारको मुद्दामा पनि पक्राउ परी छुटेका व्यक्ति हुन् । प्रहरीले उनलाई सार्वजनिक अपराधमा मुद्दा चलाउने बताएको छ ।

यसअघि घिसिङले सुन्धाराका दोहोरी साझ, डान्स रेष्टुरेन्ट, क्लव तथा होटल र  रेष्टुरेन्टहरुबाट प्रहरीको नाममा दशै खर्च भन्दै पाच देखि १० हजारका दरले पैसा उठाएको पीडित व्यवसायीले बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित