भित्रभित्रै असुली धन्दा चलाएमा कडा रवैया : एसपी कुँवर

sp kuwarचितवन । भर्खरै सरुवा भएर आएका जिल्ला प्रहरी कार्यालय चितवनका नयाँ प्रमुख एसपी बसन्तबहादुर कुँवरले  चितवन प्रहरीलाई ‘पुलिसको ब्राण्ड’ बनाउने दावी गरेका छन् । नयाँ  सुरक्षा योजना अन्तर्गत एसपी कुँवरले गुण्डागर्दी नियन्त्रण,लागूऔषध दुव्र्यसन तथा ओसारपसार, बिक्रीवितरण जस्ता कार्यलाई निस्तेज पार्ने,घरेलु मदिरा उत्पादन, ओसारपसार तथा बिक्रीवितरणलाई पूर्ण नियन्त्रण गर्ने योजना बनाएका छन् ।

 चितवनमा गुण्डागर्दी नियन्त्रणमा आएपनि गुण्डा, ट्यापे, मुन्द्रे प्रवृत्तिलाई दुरुत्साहन गर्ने  बताएका उनले  नाम चलेका गुण्डा नाइकेलाई पहिलो चरणमा कार्यलयमा बोलाएर सुध्रन मौका दिएका छन् । एसपी कुँवरले कमिला र चमेरा सुमुहको नाममा गुण्डागर्दी गर्ने ब्यक्तीलाई कानुन हातमा लिएर भित्रभित्रै असुली धन्दा चलाएको खुलेमा कडा रवैया अपनाउने बताएका छन् ।

  उनले कमिला समुहका कुमार गुरुङ भड्डु,चन्द्र तमाङ, प्रबिन राइ,बच्चन कार्की लगायतका ब्यक्तीलाई बोलाएर सुध्रने मौका दिएका छन् भने चमेरा समुहका नाइकेलाई पनि निगरानीमा राखेका छन् ।  गुण्डागर्दी गर्नेको मनोबल गिराउन प्रहरी आफैमा आचरण, व्यवहार, अनुशासनमा सुधार गर्ने समेत कुँवरले बताएका छन्  ।

  अपराधिक  समूह, तस्कर तथा गुण्डाहरुसग मिलेमतो वा साठगाठ गर्ने प्रहरी कर्मचारीहरुको पहिचान गरी आचरणविरुद्धको कसुरमा कारबाही गर्ने उनले बताए । घरेलु मदिरा उत्पादन, ओसारपसार तथा बिक्रीवितरणलाई पूर्ण नियन्त्रण गर्न प्रहरी परिचलान बढाइने उनको भनाइ छ । चाडपर्बमा हुने बिभिन्न आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न रात्रीकालिन गस्तीमा एसपी कुँवर आँफै हिंड्न थालएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित