योजना आयोगका उपाध्यक्षको राजीनामा

pokकाठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले आज सामूहिक राजीनामा दिएका छन  । आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल र स्वर्णिम वाग्ले, भारतेन्दु मिश्र, यज्ञबहादुर कार्की, डा गोविन्द नेपाल, चन्द्रमणि अधिकारी, प्रेम दंगाल र विमला राईलगायत सबै सदस्यहरूले प्रधानमन्त्री कार्यालयमा राजीनामा पेस गरेका हुन  ।

  नयाँ सरकार गठन भइसकेको अवस्थामा नयाँ सरकारलाई काम गर्न सहज बनाउनका लागि आयोगको बैठक बसेर निर्णय गरी राजीनामा दिएको उनको  भनाइ छ ।आयोगले सरकारलाई आर्थिक नीति तथा कार्यक्रम, योजनालगायतका विषयमा सुझाव दिनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित