ट्राफिक प्रहरीको कडाइले दसैंमा उपत्यकाको जनजीवन सामान्य

dipg4काठमाडौँ । विजयादशमीका दिन उपत्यकामा अहिलेसम्म कुनै घटना नभएको र जनजीवन सामान्य रहेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले सम्भावित घटनालाई ध्यानमा राखी सडकमा निगरानी बढाएकाले यस पटक कुनै अप्रिय घटना हुन पाएन।बिगतमा दसैँमा मादक पदार्थ सेवन गरी लापर्वाहीपूर्वक सवारी साधन चलाउने र दुर्घटनामा  ज्यानै जानेसमम्का घटना हुने गर्दथे ।

   एकातिर भारतले लगाएको अघोशित नाकाबन्दीले पेट्रोलियम पदार्थको  अभाव हुन गइ  उपत्यकामा कम सवारी साधन चलेका छन् भने अर्कोतिर  प्रहरीले सडकमा बढाएको निगरानीले समस्यामा कमी आएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी जयवहादुर चन्दले बताए  ।

  ट्राफिक प्रहरीका  उच्च प्रहरी अधिकृत प्रत्यक्ष गएर सडकमा हुने गतिविधिका बारेमा जिम्मेबारीपूर्वक अनुगमन गरिरहेका छन् भने सवारी दुर्घटना न्यूनीकरणका लागि मादक पदार्थ सेवन गरी सडकमा लापर्वाहीपूर्वक सवारीसाधन चलाई दुर्घटना बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले चालकको निगरानी र परीक्षणलाई तीब्रता दिएको डिआइजी चन्द बताउँछन्   ।

 

प्रतिक्रिया

सम्बन्धित