अस्पताल ल्याउनु ३ घन्टा अघि नै प्रकाशकाे मृत्यु

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रपुष्पकमल दाहाल 'प्रचण्ड'का पुत्र प्रकाश दाहालको निधन ‘आकस्मिक हृदयघात’बाट भएको नर्भिक अस्पतालले जनाएको छ । नर्भिक अस्पतालका डा. यादव भट्टका अनुसार प्रकाशलाई विहान साढे ५ बजे अस्पताल ल्याइपुर्‍याइएको थियो, जतिबेला उनको पल्स थिएन भने हात चिसो र शरीर केही कडा भइसकेको थियो ।

चिकित्सकहरुले विहान ६ बजे मृत्यु भएको घोषणा गरेका थिए । अस्पताल ल्याउनु करिव ३ घन्टा अघि नै प्रकाशलाई आकस्मिक हृदयघात भएको चिकित्सकहरुको अनुमान छ । चितवनमा रहेका प्रकाश अस्वस्थ रहेकाले बाबु प्रचण्डसाग झापा नगई काठमाडौं आएका थिए । पारिवारिक स्रोतका अनुसार शनिबार राति ८ बजेतिर उनले आफूलाई ज्वरो आएको बताएका थिए ।

कञ्चापुर १ मा उम्मेदवार भएका कारण पत्नी विना पनि काठमाडौंमा थिइनन् । घरमा आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए । बेलुका आमा र भाञ्जीहरुसँग बसेर खाना खाएको प्रकाश आइतबार बिहान चााडो नउठेपछि आमा सीता दाहाल हेर्न जाादा अचेत अवस्थामा भेटिएका हुन् । त्यसपछी उनलाई अस्पताल लगिएको थियो।  प्रकाशको निधनपछि प्रचण्ड परिवार शोकमा छ ।

प्रतिक्रिया

सम्बन्धित