फ्लोरीकल्चर सहकारीमा नयाँ कार्यसमिती

पुष्प ब्यबशायमा आबद्ध भएका ब्यबशायीहरुको संस्था फ्लोरीकल्चर सहकारी संस्था लिमिटेडमा मधु सुदन आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ । राजधानीमा सम्पन्न ६ औं साधारण सभाले आचार्य सहितको नयाँ कार्यसमिती निर्बिरोध निर्बाचित गरेको हो । साधारण सभाले उपाध्यक्षमा कुमार कसजु श्रेष्ठ, सचिबमा दिलिप बादे, कोषाध्यक्षमा संजिब कार्की र सदस्यहरुमा रामजी कुवर, भोजराज तिमल्सिना, मिन बहादुर तामाङ, बिशाल खड्का, राजु शाही, शुसिल खड्का र राजु तामाङ रहेका छन् ।
यसैगरि लेखा समितीमा भरत कान्त राई संयोजकत्वमा राजेश भक्त श्रेष्ठ र बिश्वमणि पोखरेल सदस्यमा चयन भएका छन् । पुष्प ब्यबशाय तथा पुष्प ब्यापारमा लागेक ब्यबशायीहरुले संचालनमा ल्याएको यो फ्लोरिकल्चर सहकारी संस्थाले १ करोड ५० लाख भन्दा बढि रकम ब्यबशायीहरु मार्फत लगानी गरेको छ।
फ्लोरिकल्चर एशोसिएशन नेपालमा आबद्ध भएका सदस्यहरुमार्फत लगानी बिस्तार गरि पूँजी बढाउने योजना सहकारीको छ । यस संस्थालाई उपत्यकाभित्र मात्र सिमित नगरी यसलाई मोफसलमा रहेको पुष्प ब्यबशायीमाझ पुग्ने योजना अध्यक्ष आचार्यको रहेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित