प्रहरी संगठनप्रति एआईजीको नकारात्मक टिप्पणी कि सुझाव ?

aigकाठमाडौं। ६० औ प्रहरी दिवस २०७२ को अवसरमा नेपाल प्रहरीका एक एआईजीले खुलेरै संगठनका बिषयमा नकारात्मक  टिप्पणी गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा कार्यरत एआईजी राजेन्द्रसिंह भण्डारीले आफ्नै नातेदरको लगानी रहेको कान्तिपुर दैनिकमा 'अन्तरद्वन्द्वको कसौटीमा प्रहरी सेवा' शिर्शकमा लेख लेख्दै भनेका छन् - 'कोतवाली सेवाबाट आरम्भ गरिएको नेपाल प्रहरी सेवा हाल आकारमा निकै झांगिएको छ ।संगठनले अपेक्षित रूपमा गुणात्मक फड्को मार्न नसकेको कुरा तीतो सत्य हो । कार्यको तत्त्व कारण जेसुकै भए पनि प्रहरी सेवाको आधुनिकीकरणको मुद्दा विचार र सेवाको गुणात्मक विकासमा रूपान्तरित हुन सकेको छैन । संगठन चुस्त, सबल, व्यावसायिक एवं गतिशील हुनुपर्छ ।'

त्यस्तै जोहो र  छाक टार्ने ढंगका उपायका प्रयोगले सांगठनिक संस्कृतिमा परिवर्तन आउने छाँंट देखिन्न भन्दै संगठनको आलोचना गरेका छन् ।  भण्डारीले लेखेको लेखलाई लिएर एक एआइजीले   भने -  ' लेखमा  संगठनलाई सुझाव भन्दा नकारात्मक टिप्पणी बढी छ,उनलाई फेरी स्पष्टिकरण लिन आबश्यक देखिन्छ  ।'

   भण्डारीले यसअघि पनि एआईजीमा बढुवाको बिषयलाई लिएर आईजीपीले अदालतको आदेश नमानेकाले आफुहरुले पनि आईजीपीको आदेश नमान्ने बताएर बिबादमा तानिएका थिए  । त्यसपछि उनीमाथि आईजीपीले स्पष्टिकरण लिएका थिए। उता, आईजीपी उपेन्द्रकान्त अर्यालले भने केही दिन अघि एक टेलिभिजनमा अन्तर्वाताका क्रममा आफु आईजीपी बनेपछि संगठनले अपराध अनुसन्धानमा अपेक्षित सफलता हासिल गरेको दाबी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित