छोराले आमालाई परपुरुषसँग रंगेहात भेट्दा समेत प्रहरीले जाहेरी लिएन

safe_यदुनाथ बञ्जारा/कास्की । रक्षकहरु नै भक्षक बन्न थाले पछि समाज कसरी अपराधमुक्त होला ? यो विषयले सर्बत्र प्रश्न उठाइरहेको छ। नैतिकता, इमान्दारी र कर्तव्यपथमा खडेरी पर्दै गएपछि अधोगति उधोमतिले समाजमा प्रभुत्व जमाउँदै गएको छ। परिवारको पेटपालो र बालबच्चाको भविष्य निर्माणको सपना बोकेर अरबको खाडीमा जीवनलाई दाउमा राखेका युवाहरुको प्रियसीहरु कुमतीले गर्दा घरबार बिग्रनु, छोडपत्र गर्नु, सुइकुच्चा ठोक्नु अब सामान्य भइसक्यो। नेपालका अधिकांश प्रहरी अड्डाहरु मात्र होइन, अदालतमा समेत यस्तै मुद्दाहरुको चाप बढेको तितो यथार्थ कसैबाट लुकेको छैन्। समाजमा व्याप्त यस्ता विकृती विसंगती झल्काउने साँस्कृतिक विचलन मच्चाउने कार्यहरु जिम्मेवार र सामाजिक व्यक्ति मात्र हैन, राजनितिक दलका अगुवा कार्यकर्ताहरु र नेता समेत भेटिएका छन्। यसलाई किमार्थ राम्रो मान्न सकिन्न।यावत् विषमतालाई न्यूनीकरण गर्न र कानुन बमोजिम अनुसन्धान र कारबाही गर्न राज्यले नेपाल प्रहरीलाई खटाएको छ तर कारबाहीको लागि अनुसन्धान गर्ने निकायका जिम्मेवार प्रहरीहरु स्वयम् असामाजिक कृयाकलाप गर्दै अर्काको घरबास भत्काउने काम गरिरहेको पाउनु बिडम्बना सिवाय केहि हुन सक्दैन। सर्बसाधारण व्यक्तिहरुबाट समाजमा घट्ने यस्ता घटनाहरुलाई सामान्य जस्तै मान्न थालिएको छ। तर राज्यको कानुन कार्यान्वयन गर्ने निकायमा कार्यरत नेपाल प्रहरीका जिम्मेवार अफिसरहरुबाट अरुको गुँड भत्काएर घरबास उखेल्ने गरी भएका लुकिचोरी यौन कारोबारका फेहरिस्तहरु बाहिर आएका छन्।

ति प्रकरणहरु बाहिरिन थालेपछि विदेशीएका श्रीमान्का श्रीमतीहरु पारपाचुके देखि सुईकुच्चा ठोक्ने क्रमले निरन्तरता पाइरहेको घिन लाग्दो दृश्यहरुले आँखा बिझाइरहेका छन्।यस्तै पछिल्लो घटना हामिलाई प्राप्त भएको छ। घटना पोखरा लामाचौरको हो। २०७२ असोज ९ गते शनिबार साँझ ७ बजेको समयमा छोरा उत्सव माथिल्लो तल्लामा पढ्दै थिए। मुल गेट खोलेर कोही पुरुष आमा भएको भुई तलाको कोठामा छिरेको उनले चाल पाए। केहि छिन उनले चाल बुझे। कोठाको झ्याल ढोका र पर्दा समेत बन्द गरिएको थाहा पाएपछि उनी तल ओर्लिए। चुकुल लगाएको ढोका ढक्ढकाए धेरै पटक तर आमा र परपुरुष भएको कोठाको कोठा खुलेन।

उनले आमाको नियत राम्रो मानेनन्। बुबा अरबको खाडीमा श्रम गरिरहदा आमाको चरित्र व्यवहारप्रति असन्तुष्ट रहेका १७ वर्षिय छोराले वडा प्रहरी कार्यालय बगरमा फोन गरेर आमा र सँगै रहेका अधबैशे पुरुषलाई प्रहरीको जिम्मा लगाए। वडा प्रहरी बगर ल्याइएपछि थाहा भयो महिलाको गोप्य कोठासम्म पुगेर चुकुल लगाउने पुरुष शसस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखरामा कार्यरत प्र.ना.नि. मछिन्द्र शाही रहेछन्। लमजुङ कुन्छा घर भई हाल कास्कीमा बस्दै आएका बहालवाला जुनियर प्रहरी अधिकृत शाही र आफ्नै आमा विरुद्ध छोराले केहि सार्वजनिक अपराध ऐन वमोजिम कारबाही हुन माग गर्दै वडा प्रहरी कार्यालय बगरमा जाहेरी बुझाए, तर बगर प्रहरीले जाहेरी लिन मानेन्। प्रहरीसँग जोडिएको मुद्दा भएकोले जाहेरी नलिएर पक्राउ परेका व्यक्ति प्र.ना.नि.शाहीलाई विभागीय कारबाहीका लागि पत्र सहित कार्यरत अड्डा मुक्तिनाथ बाहिनी पठाइदिएको छ भने महिलालाई माइती पक्षको जिम्मा लगाइएको प्रहरी निरिक्षक अमरबहादुर थापाले बताए।साँझको समयमा अर्काको घरमा पुगेर अर्काकी श्रीमती माथी गिद्दे दृष्टि लगाउने व्यक्ति प्र.ना.नी.लाई संगठनले कस्तो कारबाही गर्छ थाहा छैन।

बाहिनीका शसस्त्र प्रहरी उपरीक्षक चित्र बहादुर के.सी. मछिन्द्र शाहीको उक्त यौन प्रकरणका सम्बन्धमा छानबिन भइरहेको बताउँछन्। कस्तो कारबाही हुन्छ भन्ने विषयमा एस.पि.केसीले खुलाउन चाहेनन्। उनले टेलिफोनमा भने–“प्र.ना.नि. शाहीले गल्ती गरेको प्रमाणित भए विभागले कारबाही गर्छ।”महिलाको कोठामा पुगेर चुक्कुल लगाएर बस्दा पक्राउ परेका उनलाई जस्तो कारबाही भएपनि १७ वर्षिय छोराकी आमाको गुँड बास भत्किने अवस्थामा पुगेको छ। विदेश रहेका श्रीमान पनि यो घटनाको नालीबेली सुनेपछि घर आएका छन्। अब दुबै पक्ष सम्बन्ध विच्छेद गर्ने निष्कर्षमा पुगेका छन्। श्रीमानले नीज श्रीमती स्वीकार गर्न नसक्ने अडान लिएपछि श्रीमती केही रकम लिएर पारपाचुके गर्न राजी भएको बताइएको छ।

समाजमा मच्छिन्द्र शाही जस्ता राष्ट्र सेवक प्रहरी भनिनेहरु नै पथभ्रष्ट भएपछि अरुको के कुरा। अल्पज्ञानी महिलाले पनि आफ्नो चरिचलाई दाउमा राखेर आफ्नै भविष्यमाथी खुँडा प्रहार गरेकी छिन्। यता श्रीमान भने छोरा पढाउन खर्च जुटाउन पुनः विदेश जाने मनस्थितिमा छन्। उनले भने– “आफ्नो भन्ने श्रीमतीले नै धोका दिएपछि म कसको लागी घर बस्नु ?” यसरी बन्द कोठामा परपुरुषसँगै आफ्नै छोराको उजुरीबाट प्रहरीद्वारा पक्राउ गरिएकी आमाले बयान फेर्न छोरालाई दबाब दिएकी थिइन। छोराले भने– “मलाई बाइक किनिदिने लोभ समेत दिएका थिए तर आफूले बाबालाई अन्याय पर्ने हुँदा कसैको कुरा सुनिन।”

प्रतिक्रिया

सम्बन्धित