१६ महिनादेखि कसरी एयरपोर्टमा टिकिरहेका छन् डिआईजी ?

kayasthaकाठमाडौं । १६ महिना अगाडि डिआईजी यादब अधिकारीलाई विमानस्थल प्रहरी प्रमुखबाट रातारात हटाइयो र अपराध महाशाखामा कार्यरत एसएसपी बिजयलाल कायस्थलाई एयरपोर्ट प्रहरीको निमित्त प्रमुख बनाइयो । डिआईजी प्रमुख हुने कार्यालयमा एसएसपीलाई त्यसरी निमित्त प्रमुख बनाएर सरुवा गरिएकोमा धेरै आश्चर्य व्यक्त गरेका थिए । यसको पछाडि ठूलो चलखेलको आशंका गरिएको थियो । आशंका यतिबेला सही साबित भएको छ । सामान्यतया कुनै पनि इन्चार्जको एक वर्षमा सरुवा हुन्छ । तर डिआईजी कायस्थको भने १६ महिना हुदा समेत सरुवा भएको छैन । किनकी एयरपोर्टलाई ट्रान्जिट बनाएर अवैध कारोबार गर्नेहरुको रोजाईमा उनी परेका छन् । सुन, बिदेशी मुद्रा तथा अन्य बहुमुल्य सामानको तस्करी गर्ने समूहकै दबाबका कारण गृह मन्त्रालयले कायस्थको सरुवा गर्न नसकेको स्रोत बताउछ ।

 एयरपोर्टबाट अझै पनि गोप्य रुपमा सुनको तस्करी हुदै आएको छ । एयरपोर्टबाटै तस्करी भएर आएको करिब एक किलो सुन गत साता मात्र महानगरीय अपराध महाशाखाले बरामद गरेको थियो । चिनियाहरुले पनि ठूलो मात्रामा नेपालबाट डलर तस्करी गर्दै आएका छन् ।

 कहिलेकाहिं डलर र सुन बरामद भएपनि धेरै पटक भने प्रहरीकै सेटिङमा तस्करी हुने गरेको स्रोत बताउ“छ । एयरपोर्टभित्रकै मनि एक्सचेञ्जहरुले बिदेशी मुद्राको अवैध काम गरिरहदा पनि कायस्थले कारबाही गरेका छैनन् । चार महिनाअघि नै आईजीपी उपेन्द्रकान्त अर्यालले कायस्थको सरुवा गर्न खोजेपनि गृहमन्त्री र केही शक्तिकेन्द्रहरुले उनको सरुवा रोकेका थिए । स्रोतका अनुसार सुन तस्करीमा बेला बेलामा नाम जोडिने व्यापारी दिपक मल्होत्राले नै कायस्थलाई एयरपोर्टमा जोगाएर राखेका छन् ।

सिआइबीमा दौडधुप यसैबीच सिआईबीको प्रमुख बन्न पनि डिआईजीहरुबीच दौडधुप सुरु भएको छ । सिआईबीका प्रमुख हेमन्त मल्ल ठकुरीको सरुवाको समय भएकाले अरु डिआईजीहरु सिआईबीमा सरुवा हुन नेताको चाडकीमा लागेका छन् । डिआईजी नवराज सिलवालले पनि सिआईबी जाने इच्छा देखाएकाले उनकै सरुवा हुने सम्भावना रहेको स्रोत बताउछ । उता एसपीको सरुवापछि प्रहरी मुख्यालयले एसएसपीको सरुवामा गृहकार्य थालेको छ ।

  एसएसपीमा महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवाका लागि ठुलो चलखेल छ । परिसरका प्रमुख उत्तम कार्कीको पनि १५ महिना पुगिसकेको छ । परिसरको प्रमुख हुन एसएसपी बिक्रमसिंह थापा र राजेन्द्रमान श्रेष्ठबीच प्रतिस्पर्धा छ । अहिलेकै सरकारको पालामा सरुवा भएमा राजेन्द्रमानको सम्भावना बढि छ भने नया सरकार बनेपछि मात्र सरुवा भएमा बिक्रमसिंह थापा काठमाडौं प्रहरी प्रमुख बन्ने छन् । अञ्चल प्रहरी कार्यालय र प्रहरी तालिम केन्द्रका प्रमुखहरुको पनि सरुवाको तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित