भन्सार खोल्न दुई पक्षबीच सहमत, आजैदेखि नाका सुचारु हुने

24092015104556Biratnagar-600x0_536584901काठमाडौं : भारतले नाकाबन्दी खुलाउन निर्देशन दिएपछि विराटनगरको जोगवनी नाकास्थित भन्सारका दुवै तर्फका अधिकारीहरुको संयुक्त बैठक बसेर आपूर्ति सुचारु गर्न पाँच बुँदे सहमति भएको छ। विराटनगरस्थि रानी भन्सार कार्यलयका प्रमुख कृष्ण बस्नेत र भारतीय भन्सारका प्रमुख प्रनेश गुप्ताको नेतृत्वमा बसेको दुवै पक्षका अधिकारी तथा कर्मचारीको बैठकले भन्सार जाँच तथा अन्य प्रक्रियालाई सहज बनाउने सहमति भएको हो। आजैदेखि नाका सुचारु हुने भएको छ। पाँच बुँदे सहमतिमा औषधी, तेल, ग्यास, खाद्यन्नका समानलाई प्राथमिकता दिएर सहज रुपमा आपूर्ति गर्ने, नेपालतर्फ आउने मालबाहक गाडीहरुलाई स्कर्टिङसहित सुरक्षा प्रदान गर्ने,  भन्सारमा उद्योग बाणिज्य संघको हेल्प डेस्क राख्ने उल्लेख छ। रानी भन्सार कार्यलयका प्रमुख बस्नेतले भारतीय पक्षसँग चार बुँदे सहमति भएकोले अब आपूर्ति सहज हुने र भन्सार जाँपासमा समस्या नहुने बताए। बैठकले पाँच बुँदे निर्णय गर्दै एक्कासि नाका खुल्दा हुने चाप व्यवस्थापन गर्न विराटनगर भन्सारमा हेल्प डेस्क स्थापना गर्ने निर्णय पनि गरेको छ। भारतीय पक्ष आपूर्ति सहज पार्न सैद्धान्तिक रुपमा सहमत भए पनि आइतबार अपरान्हसम्म कुनै गाडी नेपाल भित्रिएका छैनन्। ु बैठकमा दुवै देशका ट्रान्सपोर्टर, भन्सार एजेन्ट सहभागी थिए। मोरङ व्यापार संघ, उद्योग संगठन मोरङका प्रतिनिधि समेत बैठकमा थिए। यो बाहेक दुवै मुलुकका स्थानीय सुरक्षा प्रमुखहरु बैठकमा सहभागी थिए। भन्सार नाका पूर्वत सञ्चालन गर्ने निर्णय भए पनि मधेसी मोर्चाका कार्यकर्ताले जोगबनी नाकामा धर्ना जारी राखेका छन्। भन्सार नाकाको दुई नम्बर ढाटमा उनीहरु पाल टाँगेर बसिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित