बानेश्वरबाट पेस्तोलसहित गुण्डा पक्राउ

pesकाठमाडौं । गुण्डागर्दीमा संलग्न एक व्यक्तिलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ  । महानगरिय प्रहरी वृत बानेश्वरले   कटुवा पेस्तोल, तीन राउण्ड एसएलआर राइफलको गोली  र  खुकुरीसहित  बानेश्वर आलोकनगरबाट भुपेन्द्र कार्कीलाई बिहीवार बेलुका पक्राउ गरेको हो  ।

    डडेलधुरा घर भइ  हाल  बानेश्वर बस्दै आएका कार्की पटक पटक सार्वजनिक मुद्दामा पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन । महानगरिय प्रहरी वृत बानेश्वरका प्रमख डिएसपी दानवहादुर कार्कीले हतियारसहित पक्राउ परेका कार्कीको थप अनुसन्धान भैरहेको माइन्युजनेपालसँग बताए ।

प्रतिक्रिया

सम्बन्धित