एनआइडीसीका अबैध सिइओ पदको दुरुपयोग गरी मधेशी आन्दोलनमा

Shivaji-Raya-Yadavकाठमाडौं, १४ असोज । बैकिङ कसुरमा कारवाही भोगेका एनआइडीसी डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवजी राय यादव पदको दुरुपयोग गरी मधेशी मोर्चाको आन्दोलनमा होमिएका छन् । विराटनगरमा क्षेत्रीय कार्यालयको निरिक्षण गर्न जाने बहाना बनाई यादव आन्दोलनमा सामेल हुन पुगेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ । जबकी यतिखेर विराटनगरका अधिकांश सरकारी कार्यालय बन्द छन् । तीन दिन अघि विदा लिएर यादव तराइतिर गएपछि एनआईडीसी बैंकमा हल्लाखल्ला मच्चिएको हो ।

 अर्कोतिर दुई साता अघि एनआईडीसीको सञ्चालक समितिको बैठकमा यादवले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दका छोरा अरुणद्धारा सञ्चालित बासुलिंक सुगर मिल धनगढिको ७५ करोड ऋण मिनाहा गर्ने प्रस्ताव राखेका थिए ।बासुलिंकले एनआईडीसीसँग लिएको ७५ करोड ऋणमध्ये १० करोड बुझाउन लगाई यादवले मिलेमतोमा ६५ करोड मिनाहा गर्न लागेको थाहा पाएपछि एनआईडीसी बैंकका कर्मचारीहरुले विरोध जनाएका छन् । ऋण मिनाहा गर्ने प्रस्ताव लगेको थाहा पाएपछि कर्मचारीहरुले बैंकका अध्यक्ष चुडामणी शर्माकहाँ उजुरी हालेका छन् ।

 स्रोतका अनुसार यादवका सबै गैरकानुनी क्रियाकलापहरु थाहापाएपछि अध्यक्ष शर्माले हाललाई बासुलिंकको मिनाहा गर्ने प्रस्ताव पेण्डिङमा राखेका छन् ।आन्तरिक राजश्व विभागका महानिर्देशक समेत रहेका शर्मालाई प्रभावमा पार्न यादव सक्रिय भएर लागेका छन् । बासुलिंकको ६५ करोड ऋण मिनाहा गरे पाँच करोड कमिसन हात पर्ने भन्दै शर्मालाई यादवले कन्भिन्स समेत गराएको एनआईडीसी बैंकका एक उच्च अधिकारीले बताए ।

 एनआईडीसीमा गैरकानुनी रुपमा सिइओको हैसियतमा रहेका यादव बैंकिङ कसुरमा कारबाही भोगी धरौटीमा छुटेका व्यक्ति हुन् । नेपाल राष्ट्र बैंकको नियममा बैंकिङ कसुरमा कारबाहीमा परेको वा कालोसूचीमा परेको व्यक्तिलाई सजाय पाएको ३ बर्षसम्म कुनै पनि बैंक तथा वित्तिय संस्थाको सञ्चालक हुन नपाउने उल्लेख छ ।

  तर, एउटा संस्थामा कारवाही परेर हटेको व्यक्ति अर्को संस्थामा झनै बोर्ड र व्यवस्थापन दुबै निकायमा काम गरिरहँदा पनि राष्ट्र बैंक आफै मौन रहँदै आएको छ । सामान्य घुस खाएको अभियोग लागेको व्यक्ति मुद्दा चल्नासाथ तत्काल निलम्बन हुन्छन् । तर ११ करोड भन्दा बढीको घोटलाको अभियोग लागेर अदालतमा मुद्दा खेपिरहेका राय अझै पदमा छन् ।यादवले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सिआईवी० को कारबाही पछि उक्त पद छाड्नु पर्ने थियो ।उनको सिइओ पदको म्याद २०७० भदौ १ गते नै समाप्त भइसकेको थियो । तर, उनी हालसम्म पनि अवैध रुपमा बैंकमा सिइओको हैसियतमा काम गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित