डन चक्रे किन भागेनन् ?
स्रोतका अनुसार महानगरीय अपराध महाशाखाका एक डिएसपी चक्रेका साथी हुन् । ति डिएसपी कै कारण चक्रे निर्धक्कका साथ काठमाडौंमा बस्दै आएका छन् । चक्रे जेलमा बस्दा समेत सहयोगी परिचलान गरी पैसा उठाउने व्यक्ति हुन् । लागूऔषध मुद्दामा केन्द्रीय कारागारमा रहँदा उनले हाउजीङ कम्पनीको एक्साभेटर समेत जलाउने र खुकुरी हान्न सहयोगी परिचालन गरेका थिए ।
गत वर्ष मात्र जेलबाट छुटेका उनी अझै नसुध्रिएको समाचार आजको यूनाइटेड पोस्टले छापेको छ । एमाले नेताहरुको पनि उनलाई संरक्षण छ । एमाले नेता प्रदीप नेपालसँग चक्रेको पारिवारीक सम्बन्ध छ । यूवा संघ र अनेरास्ववियूका नेताहरुलाई नियमित सहयोग गरेर उनी आफ्नो पक्षमा बोल्न लगाउने गर्दछन् । त्यही कारण गृहमन्त्री वामदेव गौतमले पनि चक्रेलाई केही नगर्न निर्देशन दिएको स्रोत बताउँछ । तर, अहिलेको अवस्थामा गुण्डाहरुलाई नेताहरुको सिफारीस चल्न छाडेको छ । धेरै नेता र प्रहरी अधिकारीहरुकै संरक्षणमा रहेका घैंटे समेत मारिएपछि नेताको सिफारीस प्रहरीले मान्न छाडेको छ ।
प्रतिक्रिया