भारतको आदेश भन्दै ट्यांकर रोकिए

teltकाठमाडौं ।   सुरक्षाको कारण देखाउंदै  रक्सौल नाकामा २३ वटा ट्यांकर रोकिएका छन् । ग्यास लिन गएका व्यवसायीहरुलाई भारतको आदेश भन्दै गाडी ल्याउन रोकेको  व्यवसायीहरूले बताएका छन्। तर यसको औपचारिक पुस्टि भने हुन सकेको छैन  ।

  लोड गरिएका केही ट्यांकर स्कर्टिङका समस्याका कारण २–३ दिनदेखि रक्सौलमा रोकिएका छन् ।रक्सौल नाकामा आज बिहानदेखि खाद्यान्न बोकेका ट्रक पनि रोकिएका छन् ।

   भारतले मालवाहक कम्पनी र यातायातकर्मीहरुले नेपाल आवत र जावतमा कठिनाई भोग्नुपरेको जनाएको थियो । नेपालमा संविधान जारी भए पछि भारतले समर्थन नगरी बिहारमा हुन लागेको चुनावमा मधेसमा भैरहेको आन्दोलनले असुरक्षा बढेको बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित