क्यासिनोमा आङछिरिङको एकलौटी राज, ब्यापारी मारमा

casinonकाठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाको आडमा केही व्यापारीले कानुन विपरितका क्रियाकलाप गर्न थालेका छन् । कृपाशुर नेकपा एमालेको तर्फबाट मन्त्री भएका हुन । तर, उनको सोझोपनको फाइदा उठाउँदै बिबादास्पद् छबिका व्यापारी आङछिरिङ शेर्पाले क्यासिनोमा एकछत्र राज गर्न खोजेका छन्  । क्यासिनोदेखि एयरलाइन्ससम्मको व्यापार गर्दै आएका आङछिरिङले पछिल्लो समय पर्यटन मन्त्रलालयमा नै हलचल माच्चाएका छन् । स्रोतका अनुसार, सोल्टी होटलमा सञ्चालित क्यासिनो माजोङमा जुवाडे घट्ने डरले आङछिरिङले अन्य क्यासिनोे सञ्चालन गर्न दिएका छैनन् ।

 नेपालकोे नियम अनुसार सम्पूण कर चुक्ता गरी सञ्चालनको तयारी अबस्थामा रहेको क्यासिनोे तारा आङछिरिङका कारण सञ्चालन हुन सकेको छैन् । सम्पूर्ण कागजी पक्रिया पूरा गरी सक्दा पनि होटल हायतमा रहेको उक्त क्यासिनोले बिगत ६ महिना देखि सञ्चालनको अनुमती पाउन सकेको छैन् ।उनले आफ्नो ब्यापार घट्ने डरले प्रशासनलाई हातमा लिएर क्यासिनो संचालन गर्न दिएका छैनन ।

  त्यस्तै, भाडा र राजश्व चुक्ता नगरेका कारण सम्झौंता नै खारेज भइसकेको क्यासिनो रोेयललाई पैसाकै आडमा आङछिरिङको दबाबमा मन्त्री शेर्पाले पुनः सञ्चालन गर्न देउ भन्दै मन्त्रालयको लेटर प्याड दुरुपयोग गरी ठाडो आदेश दिएका छन् । जुन कानून बिपरितको काम हो । व्यक्तिको सम्पत्ति भाडामा दिने वा नदिने भन्ने अधिकार उसैसग निहित हुन्छ । सरकारको कुनै पनि निकायले सरकारी सम्पत्ति झै फलानोलाई भाडामा देउ भन्न मिल्दैन ।

  तर, आङछिरिङले मन्त्री कृपासुरलाई गलत तरिकाले दुरुपयोग गरेको यो घटनाबाट पुष्टि भएको छ । जसका कारण मन्त्रालय मातहतका सम्बन्धित कार्यालयहरुका कर्मचारीहरु समेत मन्त्रीसग रुष्ट बनेका छन् । कानून बिपरित मन्त्रालयबाट यो काम गर्नु भन्दै पत्र आउनुले मन्त्री कहाबाट सञ्चालित छन् भन्ने कुराको पुष्टि हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित