ओलीले सँधै भारतको हितमा काम गरेका छन् : पूर्व राजदूत रणजीत राय

काठमाडौं ।नेपालका लागि भारतका पूर्व राजदूत रणजीत रायले नेकपा एमालेका अध्यक्ष केपी  ओलीले कुशलरुपमा भारतसँग मिलेर काम गरेको वताएका छन्।

नेपालमा भारतीय लगानीका ठूला आयोजना बनाउन ओलीले नै सबैभन्दा महत्वपूर्ण सहयोग गरेको स्मरण गर्दै ओलीलाई भारतविरोध भनेर गरिएको प्रचारको रायले खण्डन गरेका हुन् ।

भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि नेपाल र भारतका केही सञ्चारमाध्यमले ओली भारतविरोधी रहेको उल्लेख गरेका थिए । रायले एक भारतीय समाचार एजेन्सीलाई अन्तर्वार्ता दिँदै ओलीले सँधै भारतको हितमा काम गरेको सम्झना गरे ।

साथै रायले भारतले नेपालमा नाकाबन्दी लगाउँसमेत ओलीले भारतविरोधी गतिविधि गरेको नभए कुशलरुपमा भारतसँग मिलेर काम गरेको बताए । सो समयमा राय नेपालका लागि भारतीय राजदूतका रुपमा काठमाडौंमा कार्यरत थिए ।

मिडिया द वायरलाई अन्तर्वार्ता दिँदै रायले भनेका छन्, ‘भारतसँग ठूला जलविद्युत् आयोजना सम्बन्धी सम्झौता हुँदा ओली प्रधानमन्त्री थिएनन् । तर उनले त्यसलाई मूर्तरुप दिन र पार्टीबाट सहमति जुटाउन मुख्य भूमिका निर्वाह गरेका थिए ।’रायले भारत र नेपालको सबै रहनसहन, भाषा र संस्कृति मिल्ने भएकाले नेपालको कुनै स्वतन्त्र हैसियत नभएको जिकिर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित