प्रहरीमा त्रास फैलाउँदै ओली, हेक्का राखेर काम गर्न चेतावनी

झापा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अबको दुईमहिनाभित्र वामपन्थीको बहुमतको सरकार बन्दैछ भन्ने हेक्का राखेर काम गर्न प्रहरीलाई चेतावनी दिएका छन् ।

शनिबार साँझ झापाको दमकमा आयोजित आफ्नै निर्वाचन क्षेत्रको चुनावी सभालाई सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘प्रहरीलाई हेक्का रहोस्, दुई महिनापछि यो देशमा वामपन्थी सरकार बन्दैछ । त्यही अनुसारको व्यवहार गर्नुहोला ।’

चुनावका बेला शान्ति सुरक्षामा आँच नपुर्‍याउन र कसैको इशारामा गुण्डागर्दी नगर्न ओलीले चेतावनीसमेत दिए ।

ओलीले भने, ‘कुनै सिखण्डीलाई अगाडि सारेर, आफू पछाडि बसेर पान चपाउँदै अर्जुन बन्ने कसैले ठानेका छन् भने कुर्सीबाट उठाएर फाल्ने बामपन्थी सरकार बन्दैछ ।’

आगामी सरकार आफ्नो नेतृत्वमा बन्ने अपेक्षाबाट उत्साहित बनेका ओलीले मञ्चमा प्रचण्डतिर हातको इशाराले देखाउँदै भने भने, ‘हामी अरिंगाल चपाएर आएका मान्छे जिउँदै छौं, अछ्युँ खाएँ, बछ्युँ खाएँ, झुँसे बारुलो १’एमाले अध्यक्ष ओलीले केन्द्रमा अत्यधिक बहुमतको वामपन्थी सरकार बन्ने र प्रदेश नम्बर १ प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरे ।  

प्रतिक्रिया

सम्बन्धित