नयाँ संविधान दुई तिहाई बहुमतले पारित

ljw]ossf] wf/f kfl/t ub}{  g]kfnsf] ;+ljwfg @)&@ sf] kl/dflh{t ljw]ossf] wf/f !, @ / # Wjlg dtsf cfwf/df xft p7fP/ kfl/t ub}{ ;+ljwfg;efdf ;xefuL ;ef;bx? . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं । संविधानसभाले नयाँ संविधान दुई तिहाई बहुमतले पारित गरेको छ । आगामि असोज ३ गते अपराहृन ५ बजे  राष्ट्रपतिले नयाँ संविधान घोषणा गर्नेछन् ।  बुधबार संविधानमा थपिएका ६ सहित ३०८ धारा पारित गरेसँगै विधानको सिंगो विधेयकमाथि मत हुँदा  ५३२ जना सभासदले भाग लिएका थिए ।

  जसमा संविधानको पक्षमा ५०७ मत परेको छ भने विपक्षमा २५ मत परेको छ । राप्रपा नेपालले विपक्षमा मतदान गरेको छ । मतदान प्रक्रियामा ८ सभासद सहभागी भएनन् ।

  कुल ५९८ मध्ये मधेस केन्द्रित ७ दलका ५७ र एमाओवादीका प्रभु साह सहित ५८ सभासदले मतदान बहिस्कार गरे। संविधान पारित भएको घोषणापछि शीर्ष नेताहरूसहित सबै सभासदहरु आआफ्नो स्थानबाट उठेर हात उठाएर समर्थन गरेका थिए ।

    संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधान घोषणाको बैठकमा औपचारिक राष्ट्रिय पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थित हुन सभासदहलाई आग्रह गरेका छन्  ।  असोज ३ गते संविधान घोषणा हुने भएपछि देशभरी खुशीको माहोल छाएको छ ।

प्रतिक्रिया

सम्बन्धित