बि के टी टायरको अत्याधुनिक सोरुम सितापाइलामा

राजधानीको सितापाइलास्थित रिङरोडमा बि के टी टायरको सोरुम संचालनमा आएको छ । डेल्टा डिस्ट्रिब्यूटरप्रालिले नेपाली बजारमा ल्याएको बिकेटी टायरको सोरुम बाट टायरका बारेमा जानकारी दिन इन्फर्मेशन सेन्टर अत्याधुनिक सोरुम संचालनमा ल्याएको हो । नेपाल अटोमोबाइल डिलर्स एशोसिएशन नेपालका अध्यक्षशेखर गोल्छा र एफक्यानका अध्यक्ष सरद गौचनले संयुक्त रुपमा सो सेन्टरको सोमबार उद्घाटन गरेका हुन् ।

सेन्टरबाट टायरका बारेमा अडियो भिजुवल तथा टायर उत्पादन प्रक्रियाका साथै टायरको बिश्व बजारका बारेमाउपभोक्ता तथा बिक्रेताले जानकारी लिनसक्ने डेल्टा डिस्ट्रिब्युटर्सका प्रबन्ध निर्देशक बिनित सिंघानियाले बताए । अफरोड सेगमेन्ट अन्तर्गत बिकेटी टायरका बिभिन्न रेन्जका बारेमा इन्फर्मेशन सेन्टरबाट जानकारीदिने बताउँदै सिंघानियाले बिकेटीले खासगरी अफ द हाइवे सेगमेन्टका टायर उत्पादन गर्दै आएको र अन्यकम्पनीका मास प्रोडक्सनका भेइकलका टायरतर्फ ध्यान दिएको समयमा बिकेटीले सन् ९० को दशकमा यो क्षेत्रमाहात हालेको बताउनुभयो । भारतमा ख्याती कमाएको बालकृष्ण टायर इन्डट्रिजबाट उत्पादित टायर उच्चहर्सपावरयुक्त ट्रयाक्टर, कम्बाइन हार्भेस्टर, जिपिएस कन्ट्रोल्ड भेइकल, आर्टिक्युलेटेड डम्प ट्रक, हाइ–स्पिडक्रेन, सफिस्टिकेटेड पोर्ट भेइकल र कन्टेनर ह्यान्डलर आदिमा यसका उत्पादन प्रयोग हुन्छन् ।

नेपाल अटोमोबाइल डिलर्स एशोसिएशन नेपालका अध्यक्ष शेखर गोल्छाले ह्याभी इक्युपमेन्टको टायरका बारे जानकारीदिन खोलेको इन्फर्मेशन सेन्टर अत्याधुनिक र अन्तराष्ट्रिय स्तरको रहेको बताउनुभयो ।माइनिङ र इन्डष्ट्रियल सेगमेन्टमा द्यप्त् का २० इन्च डायमिटरका टिपर ट्रक साइजदेखि ५१ इन्च डायमिटरका रिजिडट्रक साइजका टायर उपलब्ध छन् । यसले गर्दा यो सेगमेन्टका सबै टायर पाउन सकिन्छ ।

नेपालमा पनि हाल विभिन्न क्षेत्रमा निर्माण कार्य चलिरहेको छ । त्यसैले निर्माण क्षेत्रका लागि ट्रयाक्टर, ट्रक र अन्यविभिन्न हेभी गाडीहरु उपयोगमा आइरहेका हुन्छन् । सीमेन्ट र अन्य औद्योगिक उत्पादनमा समेत यी टायर उपयोगी हुन्छन् ।नेपालमा डेल्टा डिष्ट्रिब्युटर्सले बि के टी का टायर बिक्री–वितरण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित