फ्लोरिकल्चर एशोसिएशनमा नयाँ कार्यसमिती, गैरे पुनः अध्यक्षमा निर्बाचित

      फ्लोरिकल्चर एशोसिएशन नेपालको २३ औं साधारण सभाले लोकनाथ गैरेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । राजधानीमा सम्पन्न निर्बाचन बाट ११ सदस्य सहितको कार्यसमिती निर्बाचित भएको हो । अध्यक्ष पदमा लोकनाथ गैरे दोस्रो कार्यकालका लागि निर्बिरोध निर्बाचित हुनुभएको थियो भने अन्य पदमा मतदान भएको थियो । फ्यानको उपाध्यक्षमा दिलिप बादे, महासचिबमा मिन बहादुर तामाङ, कोषाध्यक्षमा शिब बहादुर खड्का निर्बाचित हुनुभएको छ । यसैगरि कार्यकारिणी सदस्यहरुमा सिताराम पन्त, राम बहादुर तामाङ, महेन्द्र बहादुर सुबेदी, पाण्डब श्रेष्ठ, मिना तामाङ, रामजी कुँवर र रोशन श्रेष्ठ निर्बाचित हुनुभएको छ । साधारण सभामा पोखरा, चितवन, धादिङ, काभ्रे, काठमाडौं, ललितपुर र भक्तपुरका गरि २ सय ५३ साधारण सदस्यहरुको सहभागिता रहेको थियो ।
नेपाल उद्योग बाणिज्य महासंघकी बरिष्ठ उपाध्यक्ष भबानी राणाले आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने बिषयमा लाग्नुपर्नेमा जोड दिनुभयो । उनले नितीगत रुपमा सरकारले सहयोग गर्नुपर्ने र निर्यात प्रबद्र्धनका लागि  ब्यबशायीहरुले उत्पादन बृद्धिमा लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित