प्रहरीमाथि नै आक्रमणको योजना बनाउने गुण्डा पक्राउ

doneकाठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले संगठित गुण्डागर्दीविरुद्ध अभियान चलाइरहंदा  प्रहरीमाथि नै आक्रमणको योजना बनाउदै  गरेका दुई गुण्डालाई पक्राउ गरी सार्वजनिक गरेको छ । धादिङमा हत्या गरी काठमाडौंको न्युरोडमा लुक्दै आएका साजन गुरुङ र उनका सहयोगी कारजोन गुरुङलाई पक्राउ गरि सार्वजनिक गरिएको हो । महाशाखाको टोलीले धादिङ सेमजोङ घर भइ न्युरोड खिचापोखरीमा लुक्दै आएका साजन र उनका सहयोगी कारजोनलाई पक्राउ गरि सार्वजनिक गरेको हो । कारजोनलाई बालाजुबाट पक्राउ गरिएको हो । प्रहरीउपर आक्रमण गर्नका लागि सूचना संकलन गरी गुण्डाका नाइकेहरुलाई उपलब्ध गराउने, विभिन्न व्यवसायीहरुसँग  जवर्जस्ती रकम उठाउने तथा गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा कारजोन पक्राउ परेका हुन् । साजनले २०७० माघ २४ गते नुवाकोट सामरी गाविस ९ का पहलमान तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । धादिङमा हत्यापछि राजधानी सुरक्षित हुन्छ भनेर साजनले लुक्नका लागि काठमाडौं रोजेको हुन सक्ने महाशाखाका एसएसपी सर्वेन्द्र खनालले बताएका छन् । साजन खिचापोखरी गल्लीभित्र ४ तले घरमा बाहिरबाट ताल्चा लगाएर उनी बसेका थिए । विशेष सुराकीका आधारमा उनी पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले हेमन्त गुरुङको नाममा जारी भएको निर्वाचन आयोग भारतको कार्ड र १ थान चुप्पी बरामद गरेको छ । उनले व्यवसायीसँग  रकम माग्ने, धम्क्याउने समेत गरेको प्रहरीले जनाएको छ । उनी संगठित रुपमा गुन्डागर्दीमा लागेर र प्रहरीमाथि नै आक्रमणको योजना बनाएको प्रहरीले दाबी गरेको छ । महर्जन पनि सार्वजनिक त्यस्तै व्यापारी तथा सर्वसाधारणलाई धम्क्याएको आरोपमा पक्राउ परेका अर्का डन साजन महर्जनलाई प्रहरीले सार्वजनिक गरेको छ । गोंगबु क्षेत्रमा गुन्डागर्दी गर्दै आएका महर्जन मंगलबार पक्राउ परेका थिए । उनीविरुद्ध धेरैले मौखिक उजुरी गरेपछि पक्राउ गरीएको एसएसपी खनालले बताएका छन् । महाराजगञ्ज, टोखा, फुटुङ, बालाजु तथा गोंगबु क्षेत्रमा उनले व्यवसायीहरूलाई धम्क्याउ“दै आएका थिए । कुनै समय दिनेश अधिकारी ‘चरी’ त कुनै सयम कुमार श्रेष्ठ ‘घैंटे’ समूहमा आवद्ध रहेर काम गरिसकेका महर्जनले पछिल्लो समय आफ्नै समूह खडा गरिसकेका छन् । सामाखुशी क्षेत्रका गुन्डानाइके घैटे प्रहरी मुठभेडमा मारिएपछि उनले उक्त क्षेत्रमा हालीमुहाली गर्दै आएका थिए । महर्जनले बाहिर सुध्रेको देखाएर भित्रभित्रै गुन्डागर्दी गर्दै आएको खुलेको छ । कुनै समय उनी राजधानीमा ग्याङफाइटका नाइके थिए ।

प्रतिक्रिया

सम्बन्धित