१७ केजी अवैध सुनसहित रसुवाबाट एक जना पक्राउ

काठमाडौं । चीनसँग सिमा जोडिएको  रसुवागढी भन्सार नाकाबाट प्रहरीले १७ केजी अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । बा ११ च ७९ १८ नम्बरको जीपबाट प्रहरीले १७ केजी भन्सार छलेर भित्र्याइएको सुनसहित चालक कासाङ दावा तामाङलाई पक्राउ गरिएको हो । गाडीमा फल्स बटन बनाएर ल्याइँदै गरेको सुन रसुवागढी नाकाबाट समातिएको हो ।  गाडीले चीनबाट ट्वाइलेट पेपर र छुर्पी ल्याएको थियो । प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा गाडीबाट सुन बरामद गरिएको रसुवाका प्रहरी नायक उपरीक्षक शरतकुमार थापाले बताए । सुन र गाडी कसको हो  भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित