सिद्धार्थ बैंकमा जग्गा विवाद 

काठमाडौंः सिद्धार्थ डेभलपमेन्ट बैंकको मुख्य कार्यालय भवन निर्माणको लागि खरिद गरिएको जग्गासम्बन्धी विवाद बल्झिएको छ । तत्कालिन संचालक तथा व्यवस्थापनको प्रमुखको मिलेमतोमा निकै नै अपारदर्शी रुपमा रातारात खरिद गरिएको उक्त जग्गामा जग्गाधनी दीपा गिरीको छोराको नाममबाट काठमाडौं जिल्ला अदालतमा मुददा दायर भएपछि जग्गासम्बन्धी विवाद पुन बल्झिएको हो ।Siddhartha Bank वादी मैया गिरी समेत प्रतिवादी सुजा गिरी समेत भएको दूषित लिखित बदर मुददामा आलतबाट २०७२ साउन २२ गते भएको आदेशअनुसार बैंकको नाउँमा दर्ता भएको काठमाडौं महानगरपालिका बडा नम्बर ३२ कित्ता नम्बर ४२ को नौ आना दुई पैसा जग्गा सोही स्थानमा रहेको कित्ता नम्बर ४३ को ६ आना र कित्ता नम्बर नम्बर १३ को जग्गा हाललाई कुनै पनि व्यहोराले हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राख्न मालपोतको नाउँमा साउन २४ गते पत्र काटिएको आर्थिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित