भदौ २९ देखि अशोज ३ सम्म भृकुटिमण्डपमा नाडा अटो शो हुने

काठमाडौँः भदौ २९ गतेदेखि अशोज ३ गते सम्म काठमाडौँको भृकुटिमण्डपमा नाडा अटो शो हुने भएको छ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको मेलामा ६५ वटा, सवारी साधन विक्रीवितरण गर्ने कम्पनीहरु सहभागी हुने छन् । मेलामा १ सय २० वटा स्टल रहने आयोजकको भनाई छ । मेलामा १४ बा्रण्डका ४ पाङ्ग्रे र १५ ब्राण्डका २ पाङ्ग्रे सवारी साधनहरुको प्रर्दशन हुने छ । मेलामा विभिन्न कम्पनीहरुले नयाँ ब्राण्डका मोटर तथा बाइकहरु समेत लन्च गर्ने छन् । ५० हजार मानिसहरुले मेलाको अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

nada auto so

प्रतिक्रिया

सम्बन्धित