देखिन थाले डनहरु

manangeकाठमाडौं । प्रहरी मुठभेडमा डन कुमार श्रेष्ठ  घैंटे  मारिएपछि तितरबितर भएका गुण्डा नाइकेहरु बाहिर देखिन थालएका छन् । गत भदौ ३ मा कपुरधारास्थित आफ्नै घर अगाडि प्रहरीसँगको मुठभेडमा घैंटेको मृत्यु भएको थियो । महानगरीय अपराध महाशाखाको टोलीले हानेको गोली लागि घैंटेको मृत्यु भएपछि त्यसरी नै प्रहरी कारवाहीमा पर्ने डरले दिपक गुरुङ 'मनाङगे' ,मिलन गुरुङ 'चक्रे' , गणेश लामा,  मिनकृष्ण महर्जन , काभ्रेली छोटा डन बिष्णु लामा, सन्जिब लामा स्याल , अभिमानसिंह बस्नेत,समिरमान बस्नेत  लगायतका नाम चलेका डनहरु भूमिगत जस्तै भएका थिए   । घैटेका सहयोगी समिरमान बस्नेत भूमिगत छन् भने मिनकृष्णले भित्रभित्र काम गरिरहेका छन् । त्यस्तै, गणेश लामा विदेश गइसकेका छन् भने चक्रे मिलन गोर्खातिर लुकेर बसेको श्रोत बताउंछ ।  डन  मनाङगे भने मनाङबाट काठमाडौं आइसकेका छन् । बिहीवार उनी कमलादीको एक गजल रेस्टुरेन्टमा घैटेका सहयोगी बिक्रम लामासँग देखा परेका थिए ।  चन्दन तस्करबाट मनग्गै पैसा कमाएका लामाले घैटेको अवैध एक करोड रकम जग्गामा लगानी गरेको बिषयमा अपराध महाशाखाले छानविनको तयारी गरेको समेत बुझिएको छ  ।  प्रहरीले नाम चलेका डनहरुका क्रियाकलापमाथि निगरानी गर्दै आएको छ  ।

प्रतिक्रिया

सम्बन्धित