सामाजिक सद्भाव भड्काउन खोज्ने आङकाजी शेर्पा पक्राउ

aajkajiकाठमाडौं । फेसबुक र ट्वीटरमा सामाजिक सद्भाव भड्काउने सन्देशहरु राखेको भन्दै प्रहरीले जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शेर्पालाई पक्राउ गरेर अनुसन्धान थालेको छ  । टीकापुर घटनालाई लिएर आङकाजीले फेसबुक र ट्वीटरमा लेखेको विषयमा प्रहरीले अनुसन्धान थालेको हो । आङकाजीले टीकापुर घटनाका रहस्य भन्दै फेक तस्वीरहरु शेयर गर्दै  प्रहरीलाई अनावश्यक लान्छना लगाएका थिए ।महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले उनीमाथि साइबर क्राइममा अनुसन्धान भैरहेको बताए

प्रतिक्रिया

सम्बन्धित