काठमाडौं । महानगरिय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले शैक्षिक परामर्श प्रदान गर्दै आएका कन्सलटेन्सीहरुलाई व्यवस्थित र मर्यादित भएर काम गर्न आग्रह गरेका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १९ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित एक कार्यक्रममा बोल्दै एसएसपी खनालले निहित स्वार्थका लागि शैक्षिक परामर्शको नाममा गलत सूचना दिएर हाम्रै छोरा छोरी तथा भाइ बहिनीको भविश्वमाथि खेलवाड गर्ने जो कोहिलाई कानुनले नछाड्ने चेतावनी दिए । कन्सलटेन्सीमा देखिदै आएको विकृति र विसंगतिको विदेशीले आएर सुधार नगरिदिने बताउँदै एसएपी खनालले आफ्नो व्यवसाय व्यवस्थित गर्ने काम आफैबाट शुरु गर्नुपर्ने तर्क राखे । 'सबै क्षेत्रमा विकृति तथा विसंगति छ, त्यसलाई रोकथाम गर्न सरकार, नियमनकारी निकाय र व्यवसायी आफै प्रतिवद्ध भएर लाग्नु पर्छ - एसएसपी खनालले वताए ।' महाशाखाले शैक्षिक परामर्श उपलब्ध गराउने नाममा नक्कली कागजात बनाउने, कन्सलटेन्सीको आवरणमा अवैब रुपमा मेनपावरको काम गर्ने ३४ भन्दा बढी कन्सलटेन्सीहरुमा छापा मारेर कारवाहीको थालनी गरिसकेको छ । कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष भाष्करराजराज कर्णिकारले प्रहरीको छापा मार्ने शैली ठिक नभएको औंल्याए । कार्यक्रममा उद्योग मन्त्री महेश वस्नेतले भने इक्यानसँग मिलेर नेपाललाई शैक्षिक हव बनाउन आवश्यक रहेको वताए । इक्यानका अध्यक्ष राजेन्द्र वरालले गलत काम गर्ने कन्सलटेन्सीमाथि प्रहरी प्रशासनले गरेको कारवाहीलाई आफुहरुले सहयोग गर्ने बताउंदै कारवाहीको नाममा निर्दोस भने फस्न नहुने तर्का राखे ।
प्रतिक्रिया