बन्द क्यासिनो खुलाउन पर्यटनमन्त्रीको दबदबा

काठमाडौंः एक महिना अघि कानुन बमोजिम सम्झौंता भंग भई खारेज भएको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सञ्चालित क्यासिनो रोयल खुलाउन गुण्डा मात्र नभई मन्त्री र सचिव समेत लागेको युनाइटेड पोष्ट साप्ताहिकमा समाचार छ । बुधवार दिउसो पर्यटन बोडका निर्देशक र संस्कृती, पर्यटन तथा kripasurनागरिक उड्ड्यन मन्त्रालयका सचिव साधुराम सापकोटाकोे नेतृत्वमा गुण्डाको टोली क्यासिनो रोयल परिसर पुगेको हो ।

स्रोतका अनुसार पर्यटन मन्त्री कृपासुर शेर्पाले ठूलै आर्थिक चलखेल गरी सचिब सापकोटालाई क्यासिनो खुलाउन पठाएका हुन् । क्यासिनोका सञ्चालक राजबहादुर सिंहले आफु उपस्थित नभइ नाताले भतिज पर्ने सुरेन्द्र सिंहलाई पठाएका थिए । क्यासिनोले घरभाडा नतिरेको भन्दै होटल मालिक राधेश्याम सर्राफले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा डेढ महिना अघि निवेदन दिएका थिए ।

त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख एकनारायण अर्यालले सम्झौंता अनुसारको भाडा नतिरेको भन्दै सम्झौैता खारेज गर्ने निणर्य गरेका थिए । निर्णयमा भनिएको थियो–‘भाडा चुक्ता नगरेसम्म सामान लैजान पनि पाईने छैन् ।’ प्रशासनका कर्मचारी, पर्यटन बोर्ड र नगरपालिकाका पदाधिकारीको रोहवरमा क्यासिनोमामा ताला लगाइएको थियो । तर अहिले मन्त्री कृपासुरको ठाडो आदेशमा राजश्व समेत नतिरेको क्यासिनो खोल्न आदेश आएपछि ठूलै रकमको चलखेल भएको प्रशासन कार्यालय र मन्त्रालयमा चर्चा छ ।

कानुनको ठाडो उल्लंघन गर्दै गैरकानुनी तरिकाबाट मन्त्री शेर्पाले क्यासिनो खोल्न आदेश दिएको जिल्ला प्रशासन कार्यालका एक कर्मचारीले बताए । तर होटल मालिक सर्राफले भने भाडा चुक्ता नगरेसम्म ताला नखोल्ने अडान लिएपछि उनीहरु होटलबाट फर्किएका थिए । स्रोतका अनुसार सचिव सापकोटाले ताला फोड्ने थम्कीसमेत दिएका थिए । तर सर्राफले मन्त्रालयको लिखित आदेश मागेका थिए ।

क्यासिनोले घर भाडा वापत ३२ करोड होटललाई तिर्न बा“की छ । मजदुरको समेत १७ करोड नतिरी क्यासिनो सञ्चालक राजबहादुर सिंह सम्पर्क बिहिन छन् । त्यस्तै सिंहले ४० करोड भन्दाबढी राजश्व तिरेका छैनन् । बन्द क्यासिनो खुलाउनको लागि सहयोग गरिदिनु भन्दै सचिव सापकोटाले दरबारमार्ग बृतका डीएसपी रमेशकुमार बस्नेतलाई समेत साथ लिएर गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित