घुस नदिंदा, पास हुँदा पनि लाइसेन्स पाएनन लोकराजले

ghusयदुनाथ बञ्जारा, कास्कीः आफूले भनेजति पैसा नपाएको झोकमा यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमती पत्र शाखा, पोखराका एक शाखा अधिकृतले पास भएका व्यक्तिलाई पनि लाइसेन्स नदिने प्रपञ्च रचेर हैरानी खेलाएका छन् । काठमाडौं ३४ घर भएका दिपककुमार पोखरेल नामका शाखा अधिकृतले यस्तो गैरजिम्मेवार हर्कत देखाएपछि सेवाग्राहीले पीडित वन्नु परेको छ । नवलपरासीका लोकराज सिग्देल लाइसेन्सको परीक्षा दिन सवारी चालक अनुमतिपत्र कार्यालय पोखरा आए । २०७२/०१/०६ गते लिखित परीक्षामा पास भए । भोलीपल्ट ७ गते प्रयोगात्मक परीक्षा दिएर पास भए । तर उनले लाइसेन्स पाएनन् । यो समाचार तयार पार्दासम्म पाएको छैनन् । ट्रायल परीक्षा लिन खटिएका सबै कर्मचारीको चेक लिस्ट र परीक्षार्थीको प्रवेशपत्रमा पनि पास भएको स्पष्ट उल्लेख भएर पनि उनको नाम माइन्युटमा नचढाइदिने शाखा अधिकृत दिपक कुमार पोखरेलको गल्ती र हेलचेक्रयाइका कारण पास भएको ४ महिना पुरा बितिसक्दा पनि लाइसेन्स पाएका छैनन् । कर्मचारीको लापरबाही र सनकपूर्ण व्यवहारका कारण नागरिकले सास्ती हैरानी मात्र हैन । अन्याय सहनु परेको अवस्था छ । यस्तै स्याङ्जा ओरष्ठेका राजन पोखरेलले २०७२÷०२÷१३ को ट्रायल परीक्षा पास गरेको ०८/२४८६२१ नम्बरको लाइसेन्स अर्कै व्यक्तिको फोटो टा“सेर नक्कली व्यक्तिलाई सक्कली लाइसेन्स दिइयो । परीक्षा पास गर्ने व्यक्ति राजन पोखरेल २०७२/२/२० गते राजस्व तिरेर लाइसेन्स लिन ल्याप्चे लगाउन जा“दा उनको लाइसेन्स अर्केलाई दिइसकेको पाइयो । २९९३१७७ नम्बरको लाइसेन्स कार्डमा २७६८५२२ नम्बरको होलोग्राम स्टिकर टासेको राजन पोखरेलको नामको लाइसेन्स अर्कै व्यक्तिलाई फोटो टास गरेर दिइयो । राजन पोखरेललाई नविकरण शाखाले ट्राफिक कार्यालयको सिफारिस बिनै हराएको बहानामा प्रतिलिपि लाइसेन्स दिइयो । २०७२/०३/१८ गते दिएको प्रतिलिपिमा कार्ड नं। २९९९९१३ र होलोग्राम नम्बर २७७७६६३ प्रयोग गरिएको छ । यो प्रकरणमा पनि लाइसेन्स परीक्षा शाखा प्रमुखको जिम्मेवारी लिएका दिपक कुमार पोखरेलको हात रहेको छ । सुरुमा हामी समक्ष हार गुहार गर्न आएका पोखरेललाई पछि प्रतिलिपि दिइएपछि यि दुई प्रकरण प्रतिनिधि घटना मात्र हुन । अफिस हेड अर्थात लाइसेन्स वितरण सम्बन्धि पासवर्ड लिएर बसेका शाखा अधिकृत पोखरेलले लाइसेन्स वितरणमा ठूलो खेलोमेलो गरि अनियमित आम्दानी गरेको सन्दर्भमा कार्यालय भित्र र बाहिर सर्बत्र चर्चाको विषय बनेको छ । कम्प्युटर नेटवर्किङ सिस्टमको पासवर्डको दुरुपयोग गरि फेल भएका व्यक्तिहरुको नाम कम्प्यूटरमा इन्ट्री गरेर लाइसेन्स वितरण गरिएको विस्वस्त स्रोतले दाबी गरेको छ । परीक्षाको चेक लिस्टमा पास नभएका व्यक्तिहरुको नाम इन्ट्री गराएर लाइसेन्सका एजेण्ट र गिरोहहरुबाट मोटो आर्थिक लाभ लिएको हुन सक्ने भन्दै उक्त प्रकरणमा राज्यका संवैधानिक निकायले स्वतन्त्र, निष्पक्ष र शसक्त छानबिन गर्नुपर्ने आवाज उठेको छ । पोखरेलले लाइसेन्स परीक्षा समितिको जिम्मेवारी र अफिस हेड पासवर्ड लिएको २०७१ चैत्र, २०७२ बैशाख र जेष्ठ महिनाको चेक लिष्ट विवरण र कम्प्यूटर इन्ट्री  विवरण तानेर छानबिन गर्ने हो भने उक्त तीन महिनामा लाइसेन्समा भएको अनियमितता छर्लङ्ग बाहिर आउने विश्वास गरिएको छ । उक्त अवधिमा लाइसेन्सको गिरोहबाट मोटो रकम असुल गरेर परीक्षा एउटा नतिजा अर्कै गरिएको तथ्याङ्कले पनि पुष्टि गर्दछ । अख्तियारले नियमित निगरानी गरेर नतिजा मगाउन थालेपछि हेभी मिनी ट्रायल १२१२ परीक्षार्थीबाट जम्मा ६५ जना ९करिब ६ प्रतिशत० उतिर्ण भएका छन् तर उक्त तिन महिनामा दिपक पोखरेलले ७० प्रतिशतको अनुपालतमा नतिजा निकालेका छन् । यो अनियमितताको गतिलो प्रमाण हो । राज्यका निकायले उक्त तिन महिनाको चेक लिस्ट र कम्प्यूटर इन्ट्रि  हेर्ने वित्तिकै अनियमितताको फेहरिस्त उदाङ्ग भई जाने बुझिन आएको युनाइटेडपोष्ट साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित