नक्कली अफर लेटर देखाई ठग्ने कन्सलटेन्सी सञ्चालक पक्राउ

nakkaliकाठमाडौं । क्यानडामा विद्यार्थी भिसामा पठाउने भन्दै १२ लाख ठगी गरेको आरोपमा एक कन्सलटेन्सी सञ्चालक पक्राउ परेका छन् । राजधानीको घण्टाघरमा रहेको वल्र्ड वाइड एजुकेशन इन्फरमेशन सेन्टर प्रालिका सञ्चालक हरिराम आचार्यले विशाल नगर बस्ने गोविन्दराज दाहाललाई १२ लाख रुपैयामा क्यानडामा विद्यार्थी भिसामा पठाई दिन्छु, भूकम्प पीडित भए सजिलो हुन्छ र त्यसको सम्पूर्ण कागजात म आफै तयार गरी दिन्छु, तीन चार हप्तामा अफर लेटर आउँछ भनी शुरुमा ६५ हजार र पासपोर्ट लिएका थिए । तर अफर लेटर नआएपछि रकम फिर्ता दिनुस भन्दा नर्दन कलेज क्यानडाको अफर लेटर देखाई पुनः अर्को कलेजको अफर लेटर दिएको हुँदा आफु  ठगिएको भन्दै दाहालले शिक्षा मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखामा निवेदन दिएका थिए । त्यसपछि मन्त्रालयले कारबाहीका लागि महाशाखामा पत्राचार गरे लगत्तै आचार्य पक्राउ परेका हुन् । उनलाई प्रहरीले आवश्यक कारबाहीका लागि महानगरिय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित