घैंटेका सहयोगी रिगलद्वारा नेपालगञ्जमा आत्मसमर्पण

regalनेपालगञ्ज । काठमाडौंका चर्चित गुण्डा नाइके  कुमार श्रेष्ठ घैंटे प्रहरी इन्काउन्टरमा मारिएपछि मोष्ट वान्टेड रहेका गुण्डा तथा घैटेका सहयोगी  रिगल ढकालले  आत्मसमर्पण गरेका छन् । उनले घैंटेको जस्तै हालत हुने डरले आत्मसमर्पण गरेका हुन । एमाले कार्यकर्ता चेतन मानन्धरको खुकुरी प्रहार गरी रिगलले हत्या गराएका थिए । रिगलका सहयोगीलाई प्रहरीले पहिले नै पक्राउ गरेपनि उनी भने फरार रहदै आएका थिए । प्रधानमन्त्री सुशील कोइरालासम्म उनको पहुँच थियो । तर घैंटे जस्तो धेरै नेतासँग राम्रो सम्बन्ध भएका व्यक्ति समेत मारिएपछि उनी डराएका थिए । पहिला नेपालगञ्जबाट काठमाडौंमा उनी पेस्तोल ल्याएर बेच्ने गर्दथे । पछिल्लो समय कांग्रेसको आडमा धम्काएर पैसा असुल्ने काम गर्दै आएका थिए । प्रहरीले अदालतमा मुद्दा पेश गरीसकेपछि उनी अदालतमा उपस्थित भएका हुन् । हिरासत छल्नलाई उनले आत्मसमर्पण को बुझिएको छ  । घैंटेको समूहसँग उनको राम्रो सम्बन्ध थियो ।  घैंटे समुहका गुण्डा समिरमान सिंह बस्नेतको काठमाडौं स्थित  घरमा रिगल लुक्दै आएका थिए । रिगललाई कांग्रेश नेता खुमबहादुर खड्काको पनि संरक्षण थियो ।

प्रतिक्रिया

सम्बन्धित