डलरको भाउ अझै बढ्यो, हेर्नुहोस कुन देशको विनिमयदर कति छ ?

काठमाडौँ
सोमबार पनि डलरको विनिमयदर बढेको छ । सोमबार नेपाल राष्ट्र बैंकले अमेरिकी १ डलरको बिक्रीदर १ सय ५ रुपैयाँ ६३ पैसा तोकेको छ । आइतबार १ सय ५ रुपैयाँ ६० पैसामा १ डलर विक्री भएको थियो । सोमबार १ डलरको खरिददर १ सय ५ रुपैयाँ ३ पैसा तोकिएको छ । dollar

सोमबारको अमेरिकी डलरको यो विनिमय दर दुई वर्षयताकै उच्च विन्दुमा हो ।  डलरेको विनिमयदर १ सय ५ रुपैयाँ २०७० साउनयताकै उच्च हो । ०७० साउन पहिलो र दोस्रो हप्ताका चार दिन डलरको भाउ १ सय ८ रुपैयाँसम्म पुगेको थियो । त्यसयता भने डलर १ सय ४ रुपैयाँभन्दा माथि जान सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित