कांग्रेस युवा नेता गगन थापामाथि कारवाही गर्न देउवा पक्षधरहरुको दबाब

काठमाडौं । निर्वाचनमा पार्टीले लज्जास्पद पराजय भोगेपछि पार्टी नेतृत्व नै दोशी रहेको वताएका कांग्रेस युवा नेता  गगन  थापासँग सभापति शेरबहादुर देउवा  रुष्ट बनेका छन्। देउवा पक्षधरहरुले गगनको आरोप व्यक्तिगत भएको भन्दै उनले माँग्दैमा सभापति परिवर्तन नहुने जिकिर गर्दै आएका छन् ।

 गगनले कांग्रेसको पराजयपछि बिभिन्न अनलाइनहरुमा नेतृत्व हस्तक्षेप गरेर लिने भन्दै कडा अभिव्यक्ति समेत दिएका थिए । हालैमात्रै देउवाले आफ्ना पक्षधर नेताहरुसँग गगनको भनाईबारे आन्तरिक छलफल समेत गरेका थिए ।

 एक भेलामा देउवाले गगनको बारेमा कडा रुष्टता पोखेको स्रोतको दाबी छ। युवा नेता महेन्द्र यादवले पनि गगनको उक्त शैली ठिक नभएको आरोप लगाएका छन् । उनले भने,‘गगनको बारेमा सोच्नुपर्ने बेला आएको छ, आफ्नो स्वार्थ पूरा गर्न जेपनि गर्ने गरेको तर पार्टीभित्र अनुशासन नमानेको पाईएको छ, यसबारेमा सभापति देउवाले कडा असन्तुष्टि पोख्नुभएको छ।’  त्यस्तै अर्का नेता प्रकाशमान सिंहले पत्रकार ऋषि धमलाको हमलामा बोलेको कुराप्रति पनि असन्तुष्टि पोखेका छन्। दुवै नेताहरुलाई पार्टी अनुशासन कारबाही गर्नेबारे समेत देउवाले तयारी थालेको सूत्रले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित