डलरको विनिमय दर दुई वर्षयताकै उच्च

dollerकाठमाडौँः साताको पहिलो दिन आइतबार अमेरिकी डलरको विनिमय दर दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ । आइतबार अमेरिकी १ डलरको बिक्रीदर १ सय ५ रुपैयाँ ६० पैसा पुगेको छ ।

आइतबारलागि नेपाल राष्ट्र बैंकले १ डलरको खरिददर १ सय ५ रुपैयाँ तोकेको छ । आइतबार राष्ट्र बैंकले तोकेको मूल्य वरिपरी रहेर वाणिज्य बैंकहरुले कारोबार गरेका छन् ।

डलरेको विनिमयदर १ सय ५ रुपैयाँ २०७० साउनयताकै उच्च हो । ०७० साउन पहिलो र दोस्रो हप्ताका चार दिन डलरको भाउ १ सय ८ रुपैयाँसम्म पुगेको थियो । त्यसयता भने डलर १ सय ४ रुपैयाँभन्दा माथि जान सकेको थिएन ।

 

प्रतिक्रिया

सम्बन्धित