घैँटेलाई संरक्षण दिने सभासद्ले रातो पासपोर्ट बेचेका थिए

nnnकाठमाडौं । प्रहरी कारवाहीमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ घैँटेलाई संरक्षण दिंदै आएका सभासद् धनराज गुरुङको बिगत हेर्ने हो भने उनी पैसाका लागि जे गर्न पनि पछि पर्दैनन ।   गुरुङले  पैसाको लागि रातो पासपोर्ट बेचेर अरुलाई फसाएका थिए ।  नेपाली कांग्रेस केन्द्रीय कार्यालयले तत्कालिन प्रतिनिधिसभाका सदस्य सांसद हस्तबहादुर मल्ल र रामचन्द्र अधिकारी तथा नेपाल तरुण दलका केन्द्रीय सचिव धनराज गुरुङलाई २०५५ साल मंसिर १३ गते साधरण सदस्य नरहने गरी हटाएको थियो  । सांसद मल्ल र अधिकारीले सांसदको रातो पासपोर्ट गुरुङ मार्फत तस्कर अमिर गुरुङलाई बेचेर बिदेश पठाएको अभियोग लागेको थियो  । तीनै जनालाई पार्टीले दुई बर्षसम्मको लागि पार्टी साधारण सदस्यबाट हटाएको थियो । सोझा एबं भलाद्मी स्वभावका सांसद अधिकारीलाई ललाई फकाई तरुरुण दल सचिबको हैसियतले धनराजले पासपोर्ट लिएका थिए । बिहिबार बिहान घैंटेले सर्च गर्न आएका प्रहरीमाथि उल्टै आक्रमण गरेपछि   प्रहरीले उनलाई  कपुरधारामा गोली हानेको थियो । प्रहरीमाथि आक्रमण गरेकाले जवाफी फायरीङमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित