गजुरमुखी निर्माण सेवाको नाममा पैसा असुल्थे डन घैटे

ghaiकाठमाडौं । प्रहरी ईन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ घैंटेले कांग्रेश सभाशद् जगदिशनरसिंह केसीको संरक्षणमा असुली धन्दा चलाउंदै आएको खुलासा भएको छ  । घैंटेले एकातिर मेनपावर,स्कुल र कलेजमा सुरक्षा दिने नाममा असुल्दै आएका थिए भने अर्कोतिर आफुलाई ठेकेदार दाबी गर्न उनले गजुरमुखी निर्माण सेवाको नामबाट टेन्डरमा गुण्डागर्दी गरी असुल्दै आएको महानगरिय प्रहरीअपराध महाशाखाका एक प्रहरी अधिकारी बताउँछन् । घैंटेले पछिल्लो समय जगदिशनरसिंह केसी, दिपक गौतम लगायतसँग साझेदारीमा ठेक्कापट्टाको नाममा गुण्डागर्दी सुरु गरेका थिए । गत बर्ष बालाजुको सडककोे १४ करोडको ठेक्कामा घैंटेले अन्य ठेकेदारलाई थर्काएर ठेक्का हाता पारेका थिए । उनले गजुरमुखी निर्माण सेवाको नामबाट आफू ठेकेदार भएकोे भ्रम फैलाउदै  आएका थिए । गजुरमुखीमा सभासद् जगदिशनरसिंहको श्रीमती माया केसीको नाममा शेयर छ । जुन र्फम घैंटेले आफ्नो भन्दै अन्य ठेकेदारलाई ठेक्का लिएको खण्डमा जे पनि हुने भन्दै तर्साएर असुल्ने गरेको एक ठेकेदारले नाम उल्लेख नगर्ने सर्तमा बताए । त्यस्तै, घैंटे मारिएपछि उनको समर्थनमा बोल्ने अर्का सभाशद्  धनराज गुरुङ र घैंटे लोकन्तान्त्रिक खेलकुद समितिमा सँगै बसेर काम गर्दै आएका छन्  । घैंटेले बिभिन्न ब्यापारीबाट असुलेको पैसाको केही हिस्सा सामाजिक कार्यमा प्रयोग गर्थे । भुकम्प पीडितलाई राहत बितरण पनि त्यसको एक नमुना हो । घैंटे अर्का गुण्डाका नाईके समिरमान सिंह बस्नेत, सानो भाई भन्ने युबराज गुरुङ र हबल्दार भन्ने प्रतिक श्रेष्ठलाई प्रयोग गरेर आपराधिक क्रियाकलापमा  संलग्न रहँदै आएको प्रहरीको भनाइ छ ।घैंटेको लाजिम्पाटमा भेनस रेस्ट्रो चलाउंदै आएका एक बदनाम डिएसपीसँग बिशेष सम्बन्ध रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित