डन घैंटेलाई कसले हान्यो गोली ?

Ghaite_bhanne_kumar_Shrestha1काठमाडौं । गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरी इन्काउन्टरमा घाइते भएका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको सर्च अभियानका क्रममा काठमाडौंको सामाखुसीमा घैंटेको टोलीले फायर खोलेपछि प्रहरीले जवाफी कारबाही गरेको प्रहरीले जनाएको छ । अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले सर्चका क्रममा घैंटे समूहले फायर खोल्यो र ढुंगामुढा गरेपछि जवाफी कारबाही गरिएको बताए । घटनामा घैंटेसँगै उनका दुई सहयोगी पनि घाइते भएका छन् । उनीहरुलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित