कल डिटेल्स नियाल्दै बद्नाम डिएसपी

polकाठमाडौं । राजधानी छाड्नु परेको पिडा उनीमाथि छंदैछ  । जागिर खाएको १२ बर्षसम्म राजधानीमा राज गर्दै आएका नेपाल प्रहरीका डिएसपी कुमोध ढुंगेल जिल्ला प्रहरी कार्यालय मोरङ सरुवा भएपछि उनी दुई साता देखी तनाबमा छन् । पदिय हैसियत भूलेर खोलिएको रेष्टुरेन्ट डुब्ला भन्ने चिन्ता उनमा छ । जागिर खाएको बेलादेखी नै संगठनलाई भन्दा आफ्नो फाईदा हेरेर काम गरेका कारण पनि उनी बिबादास्पद प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । पछिल्लो समय उनको छबिको बारेमा बिभिन्न पत्रपत्रिका र अनलाईन संस्करणमा समाचार प्रकाशित हुन थालेपछि पदिय दुरुपयोग गर्दै पत्रकार र प्रहरीकै कल डिटेल्स नियाल्न थालेका छन् । नेपाल टेलिकमका एक इन्जिनियरले उनलाई कल डिटेल्स उपलब्ध गराउँदै आएका छन् । त्यस बारेमा प्रहरी प्रधान कार्यालयले ढुंगेलमाथि छानविन गर्ने तयारी गरेको छ । अपराधको अनुसन्धानकोे क्रममा प्रहरीले कार्यालय प्रयोजनको लागिमात्र टेलिकमकोे सहयोगमा कल डिटेल्स प्राप्त गर्न सक्छ । तर दुई महिना देखी प्रहरीको कुनैपनि यूनिटमा हाजिर नभई लाजिम्पाटमा रेष्टुरेन्ट चलाएर बसेका डिएसपी ढुंगेलले शंका लागेका केही प्रहरी अधिकृत र पत्रकारको कनेक्सन बुझ्न टेलिकमका इन्जिनियरमार्फत कल डिटेल्स मगाएर नियाल्न थालेका हुन् । बिगत लामो समयदेखी हाकिमकै कमजोरी पत्ता लगाउन ढुंगेलको टोलीले कल डिटेल्स निकाल्दै आएको थियो । कुनैपनि ठाँउबाट सरुवा रोक्न नसकेपछि गत सोमबार रमाना बुझेका ढुंगेलले आफू बिरुद्ध लागेको भन्दै केही प्रहरीका उच्च अधिकारी र पत्रकारको कल डिटेल्स हेरेको विषयमा उनीमाथि छानविन हुन लागेको हो । नगर प्रहरीमा दरबन्दी मिलाई रेष्टुरेन्ट चलाउने इच्छा पुरा नभएपछि उनी काज मिलाउनसमेत असमर्थ भए । उनले काज मिलाउन प्रधानमन्त्री कार्यालयका डिएसपी महेन्द्र मरासेनीलाई बिकाश श्रेष्ठ नामका दलाल मार्फत आईजीपी उपेन्द्रकान्त अर्याललाई दबाब दिन लगाएका थिए । तर आईजीपी अर्यालले काठमाडौं बसेको धेरै भईसकेका कारण ढुंगेललाई पुनः काठमाडौंमा काज गराउन नसक्ने बताएपछि उनी मोरङ जाने तयारीमा छन् । आफूलाई आईजीपी अर्यालको खास प्रहरी अधिकृत बताउने ढुंगेलले आईजीपीकै नाम बेचेर गुण्डा, तस्कर र माफिया निकट बन्दै आएका छन् । ति माफियालाई ढुंगेलले अहिले रेष्टुरेन्टको ग्राहक बनाएका छन् । यूनाइटेड पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित