चौथो पटक राणा सम्मानित, सबैभन्दा बढि कर तिर्नेमा को–को ?

काठमाडौं : व्यवसायी सिद्धार्थ शमशेर जबरा चौंथोपटक सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाताको रुपमा सम्मानित भएका छन् । काठमाडौंमा आज आयोजना गरिएको छैठौं राष्ट्रिय कर दिवसको अवसरमा जबरालाई धेरै आय कर तिर्ने व्यक्तिका रुपमा सम्मान गरिएकोहो । उनले लगातार तीनपटक ब्यक्तिगत रुपमा सबैभन्दा बढी आयकर तिरेका छन् । सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष रहेका जबरा सफल ब्यावसायीका रुपमा स्थापित छन् । व्यापार÷ब्यवसायतर्फ धेरै आय कर तिर्ने कम्पनीका रुपमा राणाकै कम्पनी सिप्रदी ट्रेडिङ सम्मानित भएको छ । सबैभन्दा बढी मूल्यअभिवृद्धि कर (भ्याट) तिर्ने तिर्ने कम्पनीको सम्मान पवनकुमार इन्टरनेशनलले पाएको छ । सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ । भर्सन्ड टेक्नोलोजी सबैभन्दा बढी कर तिर्ने निर्यातकर्ता बनेको छ । यसैगरी सहकारीतर्फ राष्ट्रिय सहकारी बैंकले सबैभन्दा धेरै आयकर बुझाउँदै सम्मान पाएको छ भने बैंकतर्फ हिमालयन बैंक पनि उत्कृष्ट आय करदाताको रुपमा सम्मानित भएको छ । ५ करोडसम्मका साना आयकरदातामा डा. उपेन्द्र देवकोटा र ५ करोडदेखि ४० करोडसम्म मझौला आयकरदाताको रुपमा गोरखा डेभलपमेन्ट बैंक समानित भएका छन् । आन्तरिक राजस्व विभागले राजधानीमा गरेको कार्यक्रममा मुख्यसचिव लोकदर्शन रेग्मी र अर्थका राजश्व सचिव शिशिर ढुंगानाले उत्कृष्ट करदाताहरुलाई पनि सम्मान गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित