भारतबाट भुटान हुँदै चीनमा रक्तचन्दन तस्करी

raktaकाठमाडौं । नेपालमा अवैध रक्तचन्दनको कारोबारमा प्रहरीले कडाइ गरेपछि तस्करहरुको समूहले विदेशी भूमिबाट धमाधम रक्तचन्दनको तस्करी गर्न थालेका छन् । केही दिन अघि भारतको सिलगुढीस्थित माटीगाडा थानाको प्रहरीले तीन जना चिनिया नागरिकसहित झण्डै ५० लाख रुपैया“ पर्ने चन्दनका एक सय २५ गोलीया बरामद गरेपछि अनुसन्धानका क्रममा नेपालीहरुको पनि संलग्नता रहेको खुलेको छ । स्रोतका अनुसार भारतबाट भुटानको बोर्डर हुँदै यतिखेर चीनमा रक्तचन्दनको अवैध ओसारपसारमा नेपालीहरुकै संलग्नता रहेको छ । ति चिनिया“ नागरिकहरु सिन्धुपाल्चोकका नारायण पौडेल र गोपाल श्रेष्ठ निकट रहेको खुलेको छ भने पक्राउ पर्ने डरले गोपाल नेपाल भित्रीसकेका छन् । तस्करहरुको समूहले भुटानको जयगाउँमा  रक्तचन्दनको भण्डार गरी चीन र भुटानको बोर्डर फारी भन्ने स्थानबाट धमाधम चीनतर्फ रक्तचन्दन पास गर्दै आएका छन् । भुटानको सेटिङ मिलाउने काम भने शुरुमा नेपालमा रेडिमेड कपडाको व्यवसाय गर्ने आत्मराम श्रेष्ठले गर्ने गरेका छन् । उनी भुटानको फुङ्चोलिङ शहरमा बसेर सेटिङको काम गर्दै आएका छन् ।शुरुमा एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराका छोरास“ग मिलेर काम गर्दै आएका गोपालले भागवण्डामा विवाद बढेपछि पुरानै तस्कर साथीहरुस“ग मिलेर काम गर्दै आएका छन् । उनलाई रक्तचन्दनकै पैसाको विवादमा एमाओवादीले एक सातासम्म शिविरमा राखी हिसाव मिलाएपछि मात्र छाडेको थियो । गोपालले सिन्धुपाल्चोकका सुमन पौडेलस“ग मिली अवैध सुनको कारोबार गर्ने गरेको पनि खुलेको छ । अबैध सुनको कारोबारबाट कमाएको पैसाले गोपालले चितवनमा करोडौं मूल्यका जग्गा खरिद गरेका छन् । गोपालको समूहले भारतबाट भुटान हु“दै चीनमा चन्दन पठाउने र चीनबाट अवैध सुन भारतमा भित्र्याउने गरेको छ । चीनको सेटिङ भने नारायणले मिलाउने र भारदेखि भुटानसम्मको सेटिङ भने आत्मराम र गोपालले मिलाउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित