सुवेदीमाथि आक्रमण गरेको आरोपमा चलाउने पक्राउ

chalauneकाठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीमाथि आक्रमण गरेको दाबी गर्ने विप्लब माओवादी समर्थित राष्ट्रिय युवा जनस्वयमसेवकका अध्यक्ष उदयबहादुर चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।  बिहीबार चलाउने बालाजुबाट पक्राउ परेको पार्टीले जनाएको छ । उनीसँगै रहेका अर्का नेता पूर्णबहादुर रसाइली पनि पक्राउ परेका छन् । सुवेदीमाथि आक्रमण गरेको भोलिपल्ट चलाउने पक्राउ परेका हुन् । तर, आक्रमणमा युवा जनस्वयमसेवको कुनै संलग्नता नरहेको पार्टीले जनाएको छ ।   कार्यालय जान लागेको समयमा सुवेदीलाई बालाजु हाइटमा माओवादी कार्यकर्ताले ईंटा प्रहार गरेका थिए । आक्रमण लगत्तै उनीहरु विप्लब माओवादीको पर्चा छाडेर भागेका थिए । सुवेदी उपचारका लागि जनमैत्री अस्पतालमा भर्ना भएका थिए  । विप्लब माओवादीका कार्यकर्ताले भने सुवेदीलाई कालो मोसो दलेर जुत्ताको माला लगाउन खोज्दा गाडी तोडफोड भएको बताएका छन् । सुवेदीले भ्रष्टाचार गरेको, सेवाग्राही जनतालाई दुःख दिएको र किर्ते नागरिकता लिएर जागिर खाएको अभियोगमा जनकारवाही गरिएको विप्लब माओवादीको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित