ठगी गरेको आरोपमा कन्सल्टेन्सी संचालिका पक्राउ

gayatriकाठमाडौं । वर्किङ भिसामा थाइल्याण्ड पठाइदिन्छु भन्दै रकम रकम ठगी गरेको आरोपमा 'दि बेस्ट एजुकेशन कन्सल्टेन्सी' संचालिका गायत्री वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई  महानगरीय प्रहरी अपराध महाशाखा टेकुले पक्राउ गरेको हो  । बुढानिलकण्ठका   गोकुल क्षेत्रीले   वाग्लेलाई  ३ लाख ५० हजारमा थाईल्याण्डको वर्किङ भिसा उपलव्ध गराई दिनेभन्दै २ लाख ५० हजार  बुझाएका थिए । थाईल्याण्डमा गायत्री वाग्लेले दाजु बताउने भिमेश डोटेललाई भेट गरी २ लाख ५० हजार बुझाएर  एक जना थाई नागरीकको  जिम्मा लगाई आफु सम्पर्क विहिन भएकी  थिइन । तर उनी थाइल्याण्ड गएको र काम नपाएपछि २० दिनपछि नेपाल फर्किएका थिए । राम्रो कामको व्यवस्था मिलाई दिन्छु भनि वाग्लेले उनलाई फेरि थाइल्याण्ड पठाएका थिए । फेरि एक महिना काम नपाइ बसेपछि क्षेत्री नेपाल आएका थिए ।  आफू ठगिएको भन्दै प्रहरी  उजुरी हालेपछी वाग्लेलाई स्युचाटारबाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा उक्त कन्सल्ट्यान्सी शिक्षा मन्त्रालयबाट शैक्षिक परामर्श सेवाको लागि अनुमति नलिएको पाइएको एसएसपी सर्बेन्द्र खनालले बताए ।वाग्लेलाई  ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वाग्लेले ठगीका लागि गत बर्ष कान्तिपुर दैनिकमा 'अर्न योर इन्टरनेशनल टि चिङ एक्सपेरिन्स एट थाइल्यान्ड' भन्दै विज्ञापन प्रकाशित गरेपछि त्यहा पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित