आइजीपीलाई डिएसपीको चुनौती

nepaloकाठमाडौं । नेपाल प्रहरीमा केही यस्ता प्रहरी अधिकृतहरु छन्, जसले प्रहरी सेवामा प्रवेश गरेको १२ बर्ष सम्म पनि शक्तिको आडमा राजधानी छाड्नु परेको छैन । तर, १२ वर्षमा खोलो पनि फर्किन्छ भनेझै स्वच्छ स्वभावका आइजीपी उपेन्द्रकान्त अर्यालले प्रहरीको सरुवा बढुवामा पुरानो शैलीलाई परिवर्तन गरी नया“ शैली अपनाएका छन् । दुई साता अघि भएको लेखापालहरुको सरुवामा उनले विवादास्पद, भ्रष्ट र सधैं एकै स्थानमा बसेर राज गर्ने प्रहरीलाई पाखा लगाइदिए । त्यस्तै, गत साता भएको डिएसपीको सरुवामा प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमोध ढुंगेललाई जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको छ । प्रहरी संगठनमा खरो र त्यतिकै विवादास्पद मानिने ढुंगेल महानगरिय आयुक्त कार्यालयमा दरबन्दी भई महानगरिय प्रहरी अपराध महाशाखा टेकुमा कार्यरत थिए । तर, उनी दुई महिनादेखी कार्यालयमा हाजिर भएका छैनन् । सरुवा भएका सबै डिएसपीले रमाना लिई आ–आफ्नो ठाउ“मा गएपनि ढुंगेल भने आईजीपी अर्याललाई ठाडो चुनौती दिइ पुनः राजधानीमै काज सरुवा गर्न शक्तिकेन्द्र धाउन थालेका छन् । आफू निकट एसएसपी पुष्कर कार्की युएन मिशन अन्र्तगत लाइबेरीया गएपछि ढुंगेल पनि इच्चार्ज खोज्दै नगर प्रहरीमा सरुवा हुन खोजेका थिए । तर, सरुवास“गै उनको सपना चकानाचुर भयो ।

जिप्रका मोरङ सरुवा भएपछि उनी आयुक्त कार्यालयमै काज गराउन आईजीपी अर्याल र केही एआईजीलाई दबाब दिन थालेको सचिवालयका एक अधिकृतले यूनाइटेड पोष्टसँग  बताए । काठमाडौंमा गुण्डा सर्कल देखी माफिया र तस्करसँग हिमचिम बढाउँदै  आएका ढुंगेलले पछिल्लो समय लाजिम्पाटमा रेष्टुरेन्टसमेत चलाउ“दै आएका छन् । भेनस रेष्ट्रो नाम राखेर खोलिएको सो रेष्टुरेन्ट अहिले माफिया, हुण्डी तस्कर र गुण्डाको अखडाको रुपमा परिचित छ । काठमाडौंमा गुण्डामाथि पछिल्लो सयम दलाली गर्दै आएका ढुंगेलले काठमाडौंमा काज गराई आफ्नो धन्दालाई सुचारु राख्न आईजीपीलाई दबाब दिन थालेको स्रोतको भनाई छ । जागिर खाएदेखी नै सिभिलमा काम गर्दै आएका डिएसपी ढुंगेलमाथि हिमालयन बैंकको ६ करोड घोटला काण्डका फरार अभियुक्त अनिशभक्त सुवाललाई प्रक्राउ गरी ठूलै फाईदा लिएको आरोप लाग्ने गरेको छ । स्रोतका अनुसार सुवाललाई पक्राउ गरे लगत्तै लाखौं नगद हात पारेका थिए भने ढुंगेलले छ जना प्रहरीका आफन्तलाई बैंकमा जागिर समेत लगाउन सफल भएका थिए । डिएसपी ढुंगेलले हिमालयन बैंकको एउटा समूहलाई खुसी पारे बापत ढुंगेलकी भाउजु, अपराध महाशाखाका तत्कालीन एसएसपी कार्कीकी भाञ्जी, सुवाल पक्राउ गर्ने टोलीका इन्सपेक्टर सुदिप पाठककी श्रीमती, सई रमेश बजगाईंकी श्रीमती र असई नक्कुल बोगटीकी श्रीमतीले जागिर पाएका छन् । त्यसो त उक्त काण्डमा सुवालको भाइबर लोकेशन ट्रयाक  गरी सहयोग गर्ने नेपाल टेलिकमका इन्जिनियर अमित ठाकुरलाई समेत ढुंगेलले प्रलोभनमा पारेको खुलासा भएको छ । सुवालको भाइबर लोकेशन ट्रयाक  गरी उनलाई पक्राउ गर्न सहयोग गरेको बदलामा ढुंगेलले ठाकुरकी श्रीमतीलाई पनि जागिरमा लगाउने आश्वसन दिएका थिए । तर ढुंगेलले बचन पूरा नगरी आफ्नालाई मात्र जागिर लगाएपछि उक्त रहस्य ठाकुरले बाहिर ल्याएका हुन । को हुन ढुंगेल ? काठमाडौंको गुण्डा सर्कलमा केहिका संरक्षक तथा केहिका दुस्मनका रुपमा चिनिएका डिएसपी ढुंगेल पछिल्लो समय प्रहरी संगठन भित्रै आलोचनाको पात्र बनेका छन् । मिटर व्याजका नाईकेससँग  मिलेर उच्च प्रहरी अधिकृतको पैसा व्याजमा खेलाउ“दै हाकिमलाई रिजाएर मोजमस्ती गर्दै आएका छन् ढुंगेल । मिटर व्याजमा पैसा लगाउँदा  कालिमाटीका सुरेन हाडा फरार भएपछि आफूले पैसा लिएकाहरुलाई व्याज तिर्न उनले भेनस रेष्ट्रोमा हात हालेका हुन् । यद्यपी उक्त रेष्टुरेन्ट आफ्नो नभई छिमेकीको भएको र आफू जाने गरेको स्पष्टिकरण दिंदै आएका छन् । एक प्रहरी अधिकृतका अनुसार ढुंगेलले पूर्ब एआईजी नबराज ढकाल, गंगा पाण्डे तथा डिआईजी नबराज सिलवाललगायत एक दर्जन प्रहरी अधिकृतको पैसा सस्तो व्याजमा लिएर मिटर व्याजमा लगाउँदै  आएका छन् । हाडाका अलवा बिरेन्द्रलाल श्रेष्ठ जस्ता प्रहरीको निगरानीमा रहेका व्यक्तिसँग  पनि कारोबार गर्दै आएका थिए । २०६१ सालमा प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गरेका ढुंगेल अघिकांश समय काठमाडौं छाड्न नपर्ने अधिकृतमा रुपमा चिनिन्छन् । ओमबिक्रम राणा आईजीपी हुँदा ढुंगेल निवासमा थिए । हनुमानढोकामा नबराज सिलवाल एसपी छदा   घुमुवा भएर ढुंगेलले राम्रै पैसा कमाएका थिए । लगातार चार बर्ष काठमाडौंमा घुमुवा बसेका ढुंगेलको सम्बन्ध तस्कर, माफिया र गुण्डासँग  बढि नै हुन पुग्यो । जसको फाईदा उनले अहिले उठाउन थालेका छन् । उनको सम्बन्ध यतिखेर गुण्डाका नाइके कुमार श्रेष्ठ ‘घैंटे’, समिरमान सिंह बस्नेत, बलराम सापकोटा ‘बले’, विरेन्द्रलाल श्रेष्ठ, नेपालगञ्जका फरार अभियुक्त रिगल ढकाल, हालमा जेलमा रहेका भक्तपुरका गुण्डा नाइके सगुन श्रेष्ठ, मिनकृष्ण महर्जनलगायतसँग  छ । ढुंगेलविरुद्ध एउटा समूहलाई हातमा लिने र अर्को समूहलाई दुःख दिएर फाइदा लिने गरेको उजुरी समेत सचिवालयमा पुगेको छ । कहिले नेपाल प्रहरीकोे केन्द्रिय अनुसन्धान व्यूरो, अख्तियार दुरुप्रयोग अनुसन्धान आयोेग त कहिले परिसमा घुमुवा बसेरै जागिर अबधिको १२ बर्ष बिताउन सफल डिएसपी ढुंगेलले दरबारमार्ग बृत्तमा ६ महिना इच्चार्ज पाएका थिए । जागिर अबधिभर कतै प्रमुख भएर जिम्मेवार वहन गर्न नखोज्ने अनि बढुवामा पछाडि पारेको भन्दै आफ्नै हाकिमहरुको बदनाम गर्न पछि नपर्ने ढुंगेलले कसैलाई पनि रेस्पोन्स नगर्ने गरेको एक प्रहरी अधिकृत बताउँछन  । ढुंगेलमाथि हनुमानढोकामा घुमुवा छँदा  चोरीका गाडी बरामद गरी भन्सारमा पार्टस झिकेर बुझाउने र पुनः आफन्तकै नाममा गाडी सकारेर विक्री गर्ने गरेको उजुरी समेत अख्तियारमा परेको थियो । पछि उनी सफाई पाउन एआईजी विरेन्द्रबाबु श्रेष्ठको सेटिङमा अख्तियार गई उजुरी तामेलिमा राख्न सफल भएका थिए । यूनाइटेड पोस्ट साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित