सुरक्षा अवस्था चुनौतिपूर्ण बनेको भन्दै एआईजी चन्दले दिए कडा निर्देशन

काठमाडौं । महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्दले उपत्यकाको सुरक्षा व्यवस्था थप चुनौतिपूर्ण रहेको बताउँदै जस्तोसुकै चुनौतिपूर्ण कार्यहरु सम्पादन गर्नका लागि प्रहरी कर्मचारीहरु एकजुट भई अगाडि बढ्न निर्देशन दिएका छन् ।

 ‘अपराध विरुद्धको एकता, महानगरीय प्रहरीको प्रतिवद्धता’ भन्ने मुल नाराकासाथ १२औं महानगरीय प्रहरी दिवस २०७४ महानगरीय प्रहरी कार्यालयमा बुधबार आयोजित एक समारोहबीच एआईजी चन्दले सुरक्षा कार्ययोजना कार्यान्वयन पछि उपत्यकामा गत बर्षको तुलनामा अपराध घटेको उल्लेख गरे ।

 एआईजी चन्दले आगामी दिनमा जनताले अपेक्षा गरे अनुरुप प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरु अझै संवेदनशिल भई आ–आफ्नो कार्यक्षेत्रमा खटिनुपर्ने बताए ।  सो अवसरमा प्रहरी नायव महानिरीक्षक (डिअाईजी) गणेश केसीले धन्यबाद ज्ञापन गर्दै विगतमा भएको कमी कमजोरीलाई सच्चाएर प्रहरी सेवालाई अझ चुस्त र दुरुस्त बनाउदै लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा एआईजी चन्दले विभिन्न क्षेत्रमा सहयोग गर्ने स्वयंसेवक प्रहरीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा

प्रतिक्रिया

सम्बन्धित