चुनावी खर्च चीनबाट लिएको आरोप लागेका प्रचण्ड भारतको शरणमा !
चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँगको आफूहरूको सम्बन्ध मजबुद रहेको बताएका छन् । प्रचण्डले एमालेसँग वाम गठबन्धन गरेपछि पनि भारतसँगको सम्बन्धलाई बिगार्न नचाहेको हाम्रा चितवन सम्बाददाताले बताएका छन् । माओवादी निकट बुद्धिजीवीहरूसँग चितवनमा बिहीबार साँझ भएको छलफलमा प्रचण्डले बाध्यताबस आफू चीन नजिक देखिएपनि बास्तवमा भारतसँगको बिगतदेखिको सम्बन्धलाई यथावत राख्ने चाहेको बताएका हुन् । प्रचण्डले भने,‘एमालेको विदेश नीति के हो मलाई थाहा छैन । तर, हामी भारतसँगको समबन्ध अझ मजबुत बनाउन चाहन्छौं । सुढृढ बनाउन चाहन्छौ ।’ प्रचण्डले चीनसँगभन्दापनि भारतसँग निकट हुँदा नेपालको विकास छिटो हुने बताए । ‘चीनसँग समबन्ध राखेर पनि हामीले देश विकासको हितमा केही गर्न सक्दैनौ । तर, भारतले हामीलाई पहिला पनि सहयोग गरेको छ । अब झन् उसको बढ्दो आर्थिक प्रगतिको फाईदा हामीले लिन सक्नुपर्छ’, प्रचण्डले भनेको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘निर्वाचनको रणनीतिक अन्तर्गत एमालेसँग मिलेका हौं । तपाईहरूले अहिले त्यही रुपमा बुझिदिनुपर्छ ।’ भारतविरुद्ध चीनको दबाबमा एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन बनाएको चर्चा चलिरहेका बेला प्रचण्डले यस्तो खुलासा गरेका हुन् । नजिकिंदै गरेको चुनावका लागि चीनबाट बाम गठबन्धनले खर्च लिएको चर्चा चलिरहेका बेला प्रचण्डको यो भनाईले एमालेसँग सम्बन्ध विग्रन लागेको देखिन्छ । यस अघि पनि चीनबाट ल्याएको रकममा एमाले एक्लैको हावी भएका समाचारहरु आएका थिए ।
प्रतिक्रिया