कोरियामा तलब वृद्धि, ३० लाख ४२ हजार नेपाली लाभान्वित

korea flagकाठमाडौँः दक्षिण कोरियाको संसदले सन् २०१६ का लागि प्रतिघण्टा ६०३० वन (करिब ६३८ रुपैयाँ) पारिश्रमिक बढाउने निर्णय पारित गरेको छ । रोजगार तथा श्रम मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै सबै र्फम, उद्योग, कलकारखानालगायत क्षेत्रमा कार्यरत मजदुर तथा व्यवसायीलाई यसबारे जानकारी गराएको छ ।

सन् २०१६ जनवरीदेखि डिसेम्बरसम्म लागू हुने यो पारिश्रमिक चालू वर्षको प्रतिघण्टा ५५८० वनभन्दा ८१ प्रतिशतले बढी हो । यो वर्षका लागि ७ दशमलव १ प्रतिशत बढाइएको थियो । न्यूनतम पारिश्रमिक वृद्धिसँगै रोजगार अनुमति प्रणाली इपीएस मार्फत कार्यरत १६ मुलुकका आप्रवासी र तल्लो श्रेणीका स्वदेशी गरी करिब ३० लाख ४२ हजार कामदार लाभान्वित हुने कारोबारमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित